• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा वडाअध्यक्षले निजी मोटरसाईकललाई सरकारी प्लेट बनाएर चलाउछन्


बैशाख ३१, सल्यान ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ईन्द्र बहादुर कुमाईले निजी मोटरसाईकललाई सरकारी नम्बर प्लेट बनाएर चलाइरहेका छन् । कागजी प्रकृयामा नगएर सिधै निजी मोटरसाईकलको नम्बर प्लेटलाई सरकारी प्लेटको सेतो कलर बनाएर उनले बाईक घुईक्याइरहेका छन् ।

कुनैपनि सरकारी सवारीमा प्लेटको मोडेल नम्बर पछाडी ‘ब’ राखिएको हुन्छ भने सेतो कलरको प्लेटमा रातो कलरले अक्षेर लेखिएको हुन्छ । ‘ब’ ले कानुनी रुपमा दर्ता भएको जनाउछ भने कलरले संकेत जनाउछ् ।

उनको मोटरसाईकल नम्बर बा ८० प ५९०३ हो । ‘प’ ले निजी सवारी भनेर कानुनी रुपमा जनाउछ । निजीको रातो कलरको प्लेटमा सेतो कलरको अक्षेर लेखिएको हुन्छ । तर वडा अध्यक्षको बाइकमा संकेत मात्रै राखिएको छ । कानुनी रुपमा दर्ता गरिएको छैन् ।

उनले कानुन विपरीत निजी सवारीको नम्बर आफुखुसी सरकारी नम्बर बनाएका छन् । जसमा सरकारी कलर भएको प्लेट प्रयोग भएको छ । कानुनी रुपमा निजी भएपनि उनले देखाउनको लागी सरकारी बनाएका छन् ।

यसरी नियम विपरित किन गर्नुभएको छ भनेर लेकाली अनलाइनले प्रश्न गर्दा उनले नामसारी गर्दा गर्दै ढिला भएको बताएका छन् । उक्त मोटरसाईकल पहिले साविकको कुपिण्डे गाविसको नाममा आएको भन्दै त्यसैलाई कलर च्यान्ज गरेर सरकारी बनाएको बताए ।

उनले भने, “यो बाईक तत्कालिन गाविसको नाममा पास छ, संघियता आएपछि नगरपालिकाको जिम्मामा आयो, त्यसपछि मलाई जिम्मा दिइयो, तर विभित कारणले अहिलेसम्म नामसारी हुन् सकेको छैन् ।”

नगरपालिका कर्माचारीले काममा ढिलो गर्दा पनि यस्तो भएको उनले बताए । आफुले रातो प्लेटलाई सेतो बनाएको एक बर्ष भएको उनले लेकाली अनलाइनसँग स्वीकार गरेका छन् ।

यता नगरपालिकाले अब छिटै नगरको मातहतमा ती बाईक सरकारी नाममा पास हुने जनाएको छ । नगरपालिकाका अनुसार बनगाड कुपिण्डेमा यस्ता मोटरसाईकल ३ ओटा रहेका छन् । तत्कालिन गाविसले निजी बनाएका ती बाईक स्थानीय तह आएपछि नगरपालिकाको मातहतमा आएका हुन् । अन्य दुईवटा भने कार्यालयमा थन्किएका छन्

 

प्रकाशित मिति : २०७६ बैशाख ३१ गते मङ्गलवार