• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

आगलागीमा परि सल्यानमा ज्यान गुमाउनेको संख्या ३ पुग्यो


बैशाख ३१, सल्यान  ।
सल्यानमा आगलागीमा परि घाइते भएका एक जनाको ज्यान गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाँडाका ४७ बर्षिय खगेन्द्र बोहराको उपचारको क्रममा ज्यान गएको हो ।

यही बैशाख २८ गते इन्द्रेणी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा घाइते भएका उनको उपचारको क्रममा काठमाडांैको किर्तिपुरमा मंगलबार बिहान ५ बजे ज्यान गएको वडा अध्यक्ष चुडामणी दसौदीले बताएका छन् । आगलागीमा परी शरिर जलेर घाइते भएका बोहरालाई सल्यान अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि शनिवार नै काठमाडांै लगिएको थियो ।

उनको सब काठमाडौंबाट घरमा ल्याउने तैयारी भैरहेको वडा अध्यक्ष दसौदीले बताएका छन । सोहि आगलागीमा परि शनिवार पुन्टी बोहराको ज्यान गएको थियो ।

यस्तै जिल्लाको शारदा नगरपालिका ९ दुवेरी पुनटोलका अन्दाजी ६० बर्षीय गोवर्धन पुनको स्थानीय काफलखोली सामुदायीक वनमा लागेको आगलागीमा परि मृत्यु भएको छ । बैशाख २४ गते आगलागीमा परी भिरबाट ३ सय मिटर तल लडेर जलेको अवस्थामा लास फेला परेका थियो ।

यो सगै सल्यानमा आगलागीमा परी ज्यान गुमाउनेको सख्ंया ३ पुगेको छ । सल्यानका विभिन्न सामुदायिक वनमा लागेको आगलागी अफैपनि केहिठाउँमा नियन्त्रण्मा आएको छैन् । आगलागीमा परि सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडा, सिमपानीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।

आगलागीबाट यहाँ १० वटा घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट पीडित परिवार अहिले कोही आफन्तको घरमा आश्रय लिएर बसी रहेका छन् भने कोही खुल्ला चौरमा बस्न बाध्य भएका छन् ।

जिल्लाकोे शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कालीमाटी गाउँपालिकाका सामुदायिक बनमा आगलागी भएको छ । कपुरकोट गाउँपालिकाको मुलपानीमा आगलागीले पनि स्थानीय ब्रिजलाल खड्काको घर जलेर नष्ट भएको छ । बैशाख २७ गते बेलुका स्थानीय सामुदायीक वनमा लागेको आगो नियन्त्रणमा लिन खोज्दा पनि मुस्लो दन्कीएर घरमा पुगेको हो । घरमा रहेका सबै सामाग्री निकालेपनि बाकस निकाल्न नसकेर पैसा र जग्गाको लालपुर्जा जलेको पीडित खड्काले बताए ।

त्यस्तै शारदा नगरपालिका १० मदना नजिकै भएको आगलागीले पनि एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कालिमाटी गाउँपालिका १ र शारदा १० को सिमानामा पर्ने ढुङ्गेकटेरिमा बैशाख २६ गते बिहान भएको आगलागीले स्थानीयको एक गोठ जलेको प्रहरीले जनाएको छ । यहाँ आगलागीबाट अहिलेसम्म एउटा गोठ, एक गोरु, गहुँ र बेसार बारी पनि जलेर नष्ट भएको छ ।

सल्यानका अधिकांस वन जंगलहरु सल्लाको भएकाले आगलागी हुने गरेको देखिएकोले सजग रहन प्रहरीले सवैलाई अपिल गरेको जिल्ला प्रहर िकार्यालय प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिए । जिल्लामा आगो नियन्त्रण गर्न प्रयाप्त मात्रामा साधन नभएकाले पनि आगो नियन्त्रण गर्न समस्या भइ रहेको शशस्त्र प्रहरी प्रमुख विमल डाँगीले जानकारी दिउका छन् । आगलागी भएको स्थानमा प्रहरी र सेनाले मात्रै आगो नियन्त्रण गर्नु पर्छ भन्ने मान्यताले घटनास्थलमा स्थानीयको सहभागिता न्युन भएकाले पनि समस्या भएको उनले बताए ।

डिभिजन वन कार्यालय प्रमुख थिर बहादुर कार्कीले कुनै एक स्थानीयले लगाएको डढेलोले पुरै बन सखाप पारी मानव बस्तीमा समेत क्षति पुर्याको बताएका छन् । उनले अहिले जिल्लाको तीन  हजार हेक्टर बढी क्षेत्रफलमा आगलागी हुंदा प्राकृतिक वनस्पति,जडीबुटी, बासस्थानमा पुर्याएको क्षतिबारे विवरण संकलन भइ रहेको बताएका छन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख ३१ गते मङ्गलवार