बैशाख ३१, चितवन ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसका नाममा छाडातन्त्र स्वतन्त्रताको नभएको बताएका छन् ।
मिडिया काउन्सिल विधेयकलाई लिएर नेपाल पत्रकार महासंघले आन्दोलन गरिरहेकोमा उनले त्यसको कुनै ओखती नहुने टिप्पणी गरेका छन् । उनले त्यसलाई प्रायोजित आन्दोलनको रुपमा व्यख्या गरेका छन् ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले छ । कोही मानिस कुरै नबुझी दौडिरहेको बताए । उनले भने, “सरकार प्रेसप्रति पूर्वाग्राही छैन्, विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको हो ।”
अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै उनले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्ड समेत दिइने गरेको बताए । उनले प्रश्न गरे, ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’ यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक हो वा प्रचारक हो भन्ने प्रश्न गर्दै उनले आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न नमिल्ने बताए ।