• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

निर्देशिका संशोधनको माग गर्दै सल्यानका सिडियोलाई ज्ञापन पत्र


बैशाख ३१, सल्यान ।
स्वास्थ्य संस्था सञ्चालन तथा स्तरोन्नती मापदण्ड निर्देशिका २०७० संशोधन २०७३ को पुन संशोधन गर्न पारामेडिक्सहरुले माग गरेका छन् । स्वास्थ्य क्षेत्रमा पारामेडिक्सहरुले उल्लेखनीय काम गरेको बताउदैैँ उनीहरुले पारामेडिक्सहरुको बृद्धि बिकासको साटो ब्यबसायबाट नै बञ्चित गरेको नेपाल सिएमए संघको भनाई छ ।

सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेलाई ज्ञापन पत्र बुझाउदैँ नेपाल सिएमए संघ सल्यानले स्वास्थ्य संस्था सञ्चालन तथा स्तरोन्नती मापदण्ड निर्देशिका २०७० संशोधन २०७३ को पुन संशोधन गर्न माग गरेको छ । बिगतमा सरकार र सिएमए संघका बिचमा भएको सहमती कार्यान्वयनको माग गरेर ज्ञापन पत्र बुझाएको नेपाल सिएमए संघ सल्यानका अध्यक्ष तरुण बस्नेतले बताए ।

ज्ञापनन पत्रमा भनिएको छ, “देशभरीबाट करिब १२ हजार ५ सय निजि स्वास्थ्य क्लिनिकहरुबाट स्थानिय, भौगोलिक रुपमा पछाडी परेको, दुर्गमका क्षेत्रहरुमा पनि स्वास्थ्य सेवा प्रदान गरेर बालमृत्यू दर र मातृमृत्यू दरमा कमी ल्याउनको लागी निजि क्षेत्रको स्वास्थ्य सेवाको पनि उल्लेखनिय योगदान छ ।”

ज्ञापन पत्रमा विगतमा भएको सहमती अनुसार स्वास्थ्य संस्था सञ्चालन तथा स्तरोन्नती मापदण्ड निर्दे्शिका २०७० संशोधन २०७३ को पुन संशोधन गरि समस्याको दिगो समाधान गर्न माग गरिएको छ ।

यस्तो छ ज्ञापन पत्र


 

प्रकाशित मिति : २०७६ बैशाख ३१ गते मङ्गलवार