बैशाख ३१, दाङ । दाङको तुलसीपुर ११ स्थित ववई नदी किनारको सितलपुर घाट अस्तब्यस्त छ ।
मरेका मान्छेलाई जलाएका दाउराहरु नदीकै कनारमै जहाँ पायो त्यहीमा फालिएको छ ।नदी किनारैभरि ‘बिलेड’ फालिएको छ, जहाँतही कपडा छरिएका छन् । नजिक जान समेत घिन लाग्ने अबस्था छ ।
त्यही फोहोर बबई नदीले बगाउने गर्छ । त्यहाँ एउटा सवदाहगृह नहँुँदा यसरी अब्यबस्थित बन्ने गरेको सरसफाई अभियनता बिमल रिजालले बताए । ‘ एउटा सवदाह गृह भयो भने यस्तो फोहोर हुने थिएन्’ उनले भने
त्यहाँ लामो समयदेखिको अब्यबस्थित फोहोरले दाहसंस्कार गर्न पनि कठिन हुनुका साथै नदि नै दुर्गन्धित बन्न थालेपछि तुलसीपुरको रेडियो हाम्रो पहुँचले सरसफाई गरेको छ । ‘ एक दिनको सरसफाईले मात्रै पुग्दैन्, तर यसलाई नियमित सरसफाई गर्नुपर्छ भन्ने सञ्देश दिन यो आज यो कार्यक्रम गरेका हौं ।’
रेडियो सञ्चालक उपसमितिका संयोजक समेत रहेका हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले भने । नियमित सरसफाई नगरेमा एक:हप्तामा पुनः त्यस्तै हुने सरसफाई अभियानमा सहभागि तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले बताए ।

यसलाई निरन्तरता नदिए पुनः पहिले जस्तै हुने भन्दै नियमित सरसफाई ध्यान दिनुपर्ने हाम्रो संस्थाका कार्यबहाक ब्यबस्थापक डिआर भण्डारीले बताए । मंगलबार सितलपुर घाटको सम्पू्र्ण फोहरलाई ब्यबस्थापन गरिएको स्टेशन मेनेजर बसन्त पौडेलले बताए ।
उनका अनुसार संस्थामा कार्यरत कर्मचारी, तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारीलगायत बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा सरसफाई गरिएको हो ।
रेडियोको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वय एवं श्रीराम फर्निचर उद्योगको सहयोगमा उक्त सरसफाई अभियान भएको हो ।
त्यहाँ तुलसीपुर बजारलगायत तुलसीपुर उपमहानगरपालिका भित्रका केही वडाबाट मान्छेलाई दाहसंस्कार गर्ने गरिन्छ । प्राय :दैनिकजसो त्यहाँ दाहसंस्कार गर्ने गरिएको छ । तर यसरी अब्यबस्तित हुँदा समस्या हुने गरेको छ ।