• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यान बागचौरको धामिढुंगा खोलामा करेन्ट लगाएर माछा मार्नेको बिगबिगी


जेठ १, सल्यान ।
सल्यानको बागचौर नगरपालिका ९ मा रहेको धामिढुंगा खोलामा करेन्ट लगाएर माछा पार्नेको बिगबिगी बढेको छ । धामिढुंगा, डाँगीगाउँ हुँदै तिल्चा खोलामा मिसिने उक्त खोलामा करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध गरेपनि खुलेआम माछा मार्ने गरेको स्थानीयले बताएका छन् ।

यसअघि बागचौर नगरपालिकाले सुचना जारी गरी करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको र स्थानीयले पनि पटकपटक आग्रह गर्दा पनि अटेरी गरेर केहिले माछा मारिरहेको स्थानीय रविन ओलीले बताए । उनले भने– “यसरी निशेध गरेको क्षेत्रमा केहिले अटेरी गरेर केहि समुह आएर माछा मार्ने गरेका छन्, खोलामा आएर माछा मार्दा खेतको बालिनालिमा हिड्ने र नष्ट गर्छन्, हामीले सम्झाउदा उल्टै हामीसँग डिस्कर्स गर्छन् ।”

अन्य बाहिर गाउँबाट आएर धामिढुंगा खोलामा करेन्ट लगाउने गरेको स्थानीयहरु बताउछन् । स्थानीयका अनुसार ईन्भटर र सोलार ब्याट्रि प्रयोग गरेर खोलामा माछा मार्ने कार्य भैरहेको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार