• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

चुनावअघि चप्पल लगाएर हिड्ने मेयरको करोडौंको गाडी आगजनी


जेठ १, अछाम ।
अछामको मंगलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२झ ३६९४ नम्बरको गाडीमा मंगलवार राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

छाम प्रहरीका अनुसार नगरपालिकाका कार्यालयमा राखिएको गाडीमा गएराति २ बजे आगजनी गरिएको हो । १ करोड २० लाख  नगरपालिकाले प्रमुख बोहराको लागि एक वर्षअघि मात्र खरिद गरेको थियो ।

जिल्ला सदरमुकाम मंगलसैनस्थित नगरपालिका परिसरमा राति गाडीमा आगजनी भएको खबर बजारबासीले प्रहरीलाई गरेका थिए । प्रहरी घटनास्थलमा आइपुग्दासम्म गाडी जलिरहेको थियो । प्रहरीले आगो नियन्त्रणमा ल्याउँदासम्म गाडी जलेर नष्ट भइसकेको बताइएको छ ।

गाडीमा लागेको आगोका कारण नगरपालिकाका कार्यालयमा पनि सामान्य क्षति पुगेको बताइएको छ । बोहरा तत्कालिन एमालेबाट निर्वाचित भएका थिए । निर्वाचन अघिसम्म खुट्टामा चप्पल लगाएर हिड्ने बोहराले उक्त गाडी खरिद गरेसँगै नगरबासीले विरोध गर्दै आएका थिए ।

पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढंगले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुंगानाले बताए । सोही ठाउँमा पार्किङमा राखिएको टिप्परलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले आगजनीमा संलग्नको खोजी भइरहेको बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार