• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यान बागचौरका विभिन्न ठाउँमा ट्राफिक सिग्नल बोर्ड राखियो


जेठ १, सल्यान ।
राप्ती राजमार्गमा पर्ने सल्यानको बागचौर नगरपालिका भित्रका विभिन्न सडकहरुमा जनचेतनामुलक ट्राफिक सिग्नल बोर्डहरु राखिएको छ ।

अस्थाई ट्राफिक पोस्ट थारमारेले नगरको थारमारे, बागचौर, खरिबोट, कालाखेतमा ट्राफिक सिग्नल बोर्ड राखेको हो । बोर्ड राख्नलाई बागचौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग गरेको हो ।

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक सुरक्षाको लागी यस्तो बोर्ड राखिएको अस्थाई ट्राफिक पोस्ट थारमारेका इन्चार्ज रामजी खत्रीले लेकाली अनलाइनलाई बताए । उनले भने, “चालकहरुले लापरबाही, अनेन्त्रीत र कानुन विपरीत सवारी चलाउने भएकाले जनचेतनाको लागी यस्तो बोर्ड राखिएको हो ।”

बोर्डको उद्घाटन बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले मंगलबार गरेका हुन् । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष घनश्याम शर्मा, ईलाका प्रहरी कार्यालय थारमारेका ईन्चार्ज प्रहरी निरिक्षक लालबहादुर सुनार, जिल्ला ट्राफिक प्रहरी कार्यालय सयानका ईन्चार्ज प्र.ना.नि. ज्ञानेन्द्र शर्मा, बजार व्यवस्थापन समितिका अध्यक्ष थल बहादुर बुढाथोकी, खानेपानी अध्यक्ष भोला घर्ती लगाएतको उपस्तिथि रहेको थियो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार