• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष मदन चन्द गिरफ्तार


जेठ १, काठमाडौं ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) बाँकेका अध्यक्ष तथा केन्द्रिय सदस्य मदन चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार काठमाडौँ संयुक्त बिद्यार्थीको कार्यक्रम स्थलबाट चन्दलाई पक्राउ गरिएको बताइएको छ । स्राेतका अनुसार चन्दलाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

उनी सल्यान दार्मा निवासी हुन् । प्रहरीले विप्लव निकट नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिदै आइरहेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार