• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

रोल्पा प्रहरीले गर्याे आमा समुहसंग प्रशिक्षण कार्यक्रम


घनश्याम विसी/जेठ १, रोल्पा ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत रोल्पा नगरपालिका २ थलिबाङमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पा र पारिजात आमा समुहको सहकार्यमा मंगलबार आमा समुहका महिलाहरुलाई विभिन्न बिषयमा प्रशिक्षण दिईएको थियो । जसमा प्रहरी नायब निरीक्षक बत्ति कुमार पोख्रेलले घरेलु हिंसा, प्रहरी सहायक निरीक्षक मिना कुमारी वि.क.ले लैङगीक हिंसा र प्रहरी जवान घनश्याम बुढाथोकीले ऋथदभच ऋचष्mभ को बिषयमा प्रशिक्षण दिएका थिए ।

महिलाहरूलाई शिक्षा प्रदान गर्न सकेमात्र सामाजीक रुपान्तण गर्न सजिलो हुने विश्वासका साथ दिईएको प्रशिक्षमा विभिन्न बिषयको जानकारी, कानुनी ब्यबस्था लगायतका बिषयमा सहजीकरण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत स्थानिय तह, बिद्यालय, समुदाय सँग साझेदारी गर्दै विभिन्न स्थानमा यस्ता खालका कार्यक्रमहरू गरिरहेको जनाएको छ ।

यसैबिच जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक खड्काले सामाजिक बिकृती र बिसंगतीको न्युनिकरणको लागी पनी यस्ता खालका कार्यक्रमहरूले सहयोग पुग्ने बताउदै विभिन्न निकायहरूलाई समुदाय केन्द्रित कार्यक्रमको लागी प्रहरी संग सहकार्य गर्न आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार