• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

पुरानो मन्दिर जिर्ण भएपछि सल्यानको बोजोबारीमा नयाँ निर्माण गरियो


जेठ १, सल्यान ।
सल्यानको बाजाबारी हललेमा नयाँ मन्दिरको उद्घाटन गरिएको छ ।

छत्रेश्वरी गाउँपालिका १ र बागचौर नगरपालिका ९ को सिमानामा रहेको बोजाबारी हललेमा नयाँ मन्दिर निर्माण गरिएको हो । नजिकै किलोहान्नेमा रहेको गामालेखी ब्रहा मन्दिर जिर्ण बनेपछि स्थान्तरण गरेर नयाँ निर्माण गरिएको मन्दिर समितीका अध्यक्ष कृर्ती बहादुर ओलीले बताए ।

मन्दिरको उद्घाटन बुधबार गरिएको हो । पुजारी र स्थानीयको उपस्थितीमा उद्घाटन गरिएको मन्दिरमा जेठ ४ गते बिषेश पुजाआजा तथा मेला लाग्ने उनले बताए । उनका अनुसार स्थानीयको एक लाख जनश्रमदान र अन्य ४ लाखको लागतमा मन्दिर बनाईएको हो ।


जिर्ण बनेको पुरानो मन्दिर

यहाँ २०३५ साल देखि पुजाआजा गर्दै आएको स्थानीय ज्ञान बहादुर चन्दले बताए । उनले भने, “पहिले यहाँ ढुंगामा पुजा गरिन्थ्यो, पछि सामान्य मन्दिर बनाइम, अहिले त्यो जिर्ण बनेपछि फराकिलो ठाउँ भएको नजिकै हललेमा सारियो ।” उनका अनुसार यहाँ सन्तान नहुँने र बरबुधु माग्नेहरुका लागी विषेश पुजाआजा गरिन्छ ।

त्यस्तै अन्य राम्रो होस् भनेर पनि यहाँ पुजा गरिने उनले बताए । यो मन्दिरमा जेठ र साउने पुर्णिमाको दिन पुजाआजा हुने गर्दछ । यहाँ सल्यान, रोल्पा, दाङ, रुकुमबाट दर्शणार्थी आउने गर्दछन् ।


बोजोबारी

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार