• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको बागचौर नगरपालिकामा प्रथम मेयरकप प्रतियोगिता सुरु


जेठ २, सल्यान ।
सल्यानको बागचौर नगरपालिकामा प्रथम मेयरकप प्रतियोगीता सुरु भएको छ । “प्रथम मेयर कप बागचौर नगरको शान ,स्वस्थ जिवन र खेलकुद प्रबर्द्धन हाम्रो अभियान“ भन्ने मुलनाराका साथ बुधबार देखि बागचौर नगरपालिकाको थारमोरमा प्रथम मेयरकप प्रतियोगीता सुरु भएको हो ।

नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरुको प्रतिभा विकासका लागि खेल प्रतियोगीताकाको आयोजना गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले बताए । उनले अहिले नगरभित्र खेलाडीहरुलाई उत्पादन गरेर जिल्ला प्रदेश शुदै राष्टीय सम्म चिनाउनको लागी पनि खेलकुद प्रतियोगीता आयोजना गरिएको बताए ।

प्रतियोगीताको उद्घाटन सल्यान क्षेत्र नम्बर (क) का प्रदेश सासंद गुलावजंग शाहले गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद शाहले खेल क्षेत्रलाई बिशेष प्राथामिकता दिनु पर्ने बताए ।

फरक प्रसंगमा बोल्दै उनले स्थानीय तहको अधिकार प्रदेश र संघले कुन्ठित गरेको बताउनु भएको छ  । संघले तिव्रतामा कानुनहरु नबनाउदा स्थानीय तहले कानुन बनाउन नसकिरहेको उनले बताए । स्थानीय सरकारलाई बलियो बनाउन सकिएमा मात्र संघियता मजबुत हुने उनको भनाई छ ।

उनले भने, “स्थानीय तहको निर्वाचन भएको दुई वर्ष वितिसकेको छ तर आवश्यक कानुन बनाउन सकिरहेका छैनन् संघले तत्काल कानुन निमार्ण गरि दिएको भए स्थानीय तहले आफ्नो कामकाजलाई सहज रुपमा अघि बढाउन सक्थ्यो ।

कार्यक्रमका बनगाड कुपिण्डे नगरपालिकाकाका नगरप्रमुख गोविन्द पुन, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, छत्रेश्वरी गाउँमापालिका अध्यक्ष शन्तोष केसी, कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

जेठ १ गते बाट सुरु भएको खेलकुद प्रतियोगिता जेष्ठ ६ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा नगरपालिकाका १२ वटै वडाहरुबाट करिब ४ सय खेलाडीहरुले भाग लिएका छन । कार्यक्रममा बिभिन्न खेल प्रतियोगिता हुने छ बिज्ेता खेलाडीलाई नगद पुरुस्कार सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिने जनाईएको छ ।

 

 

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार