• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा वडा अध्यक्ष र सचिव भ्रष्टचार मुद्दामा निलम्बित भएपछि सेवाग्राहीलाई सास्ती


जेठ २, सल्यान ।

वडा अध्यक्ष र सचिव भ्रष्टचारी मुद्दामा निलम्बित भएपछि सल्यानको एक वडा कार्यालयमा समस्या भएको छ । बागचौर नगरपालिका ५ का वडा अध्यक्ष डिल्ली बहादुर ओली र सचिव तोरण विष्टलाई भ्रष्टचारी मुद्दा लाग्दा निलम्बित भएपछि त्यो वडामा समस्या देखिएको हो ।

 

वडा नम्बर ५ बाङ्गेलाँकुरी बजारमा विद्युतीकरणका क्रममा अनियमितता गरेको आरोपमा वडा अध्यक्ष र सचितव सहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनिहरु पदबाट निलम्बित भएका छन् । वडा अध्यक्षको ठाउँमा सदस्यलाई कार्यबहाक बनाइएपनि सचिवको ठाउँमा कोहि नहुँदा सेवाग्राहीलाई समस्या भएको हो ।

 

सामान्य विवाह दर्ता गराउन नगरपालिका जानु परेको स्थानीय राजेन्द्र ओलीले बताए । उनले भने, “पहिले वडामा सिफरिस लिन गएको कार्यबहाक अध्यक्षले नगरपालिकामा एकजना मात्रै गए हुन्छ भन्नुभयो, अनि म मात्रै गए तर नरपालिकामा दुईजना चाहिएपछि फेरी घर फिर्ता भएर श्रीमतीलाई लिएर गए ।”

 

वडाबाट अहिले सामान्य सिफरिस बाहेक अन्य कामकाजहरु हुन सकेका छैन् । यो वडाको अफ्नै कार्यालय समेत बनाइएको छैन् । आफ्नो कार्यालय नभएपछि ५ नम्बर वडाको कार्यालय ६ नम्बरको पेदिखोलामा राखिएको छ ।

 

यता नगरप्रमुख लोकमान बुढाथोकीले कर्मचारी समायोजनले गर्दा समस्या भएको बताएका छन् । उनले संघिय सरकारले कर्मचारी समायोजन गर्न नसक्दा बागचौरमा सचिव हुन नसकेको बताएका हुन् । अध्यक्षको ठाउँमा सदस्यलाई कार्यबहाक बनाईएकाले खासै समस्या नभएको उनको दाबी छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार