• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा जथाभावी सडकमा सामाग्री थुपार्नेलाई कानुनी कारबाही गरिने


जेठ २, सल्यान ।

सल्यानमा जथाभावी सडकमा सामाग्री थुपार्नेलाई कानुनी कारबाही गरिने भएको छ । विभिन्न समयमा हुने राजमार्गलाई सुचारु गर्नको लागी जिल्ला प्रशासन कार्यालय सल्यानमा भएको छलफलमा यस्तो निर्णय गरिएको हो ।

बिहीबार जिल्ला स्थित सुरक्षाकर्मी, स्थानीय तह र यातायात व्यवसायीबीच भएको छलफलमा नियमित सडक सुचारु सम्बन्धी विभिन्न ५ बुँदामा निर्णय गरिएको हो ।   सल्यानका अधिकांस क्षेत्रमा राजमार्ग तथा त्यसको सहायक सडकहरु विभिन्न समयमा अवरुद्व हुने गरेको सुचना व्यपाक आएपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बताए ।

निर्णयमा सडकमा जथाभावी निर्माण सामाग्री थुपारेर सडक अवरुद्व गर्नेलाई तत्काल कानुनी कारबाही गरिने, प्रत्येक स्थानीय तहले आफ्नो भौगोलिक सिमाना वा क्षेत्रमा पर्ने सडकको वग्रीकरण गरेर जिल्ला स्थित सुरक्षा निकाय वा जिल्ला प्रशासनमा जानकारी गराउने लगाएतका रहका छन् । त्यसैगरी स्थानीय तहले आफ्नो सिमाक्षेत्र भित्र पर्ने सडक ताथ राजमार्गमा विद्यमान अवस्थामा हुनसक्ने बन्द, हड्ताल, चक्काजामलाई पनि पुर्व आकलन गरि सामाधान गर्नुपर्ने भएको छ ।

त्यस्तै जिल्ला ट्राफिकसँग स्थानीय तहले समन्वय गरेर अवरोध भएको सडक खुलाउन आवश्यक सामाग्री दिनुपर्ने भएको छ । साथै ट्राफिक व्यवस्थापन प्रभावकारीको लागी चेतनामुलक कार्यक्रम गर्ने निर्णय पत्रमा भनिएको छ ।

छलफल कार्याक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, जिल्ला प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी प्रमुख डिएसपी विमल डाँगी, कपुरकोट, कालिमाटी, छत्रेश्वरी, सिद्धकुमाख गाउँपालिका प्रमुख पशासकिय अधिकृतहरु र जिल्ला स्थित यातायात व्यवसायीहरुको सहभागीता रहेको थियो ।

सडक सम्बन्धी महत्वपुर्ण कार्याक्रम भएको भन्दै प्रजिअ न्यौपानेले अन्य स्थानीय तहका प्रमुख प्रशासकियहरुलाई बोलाउदा पनि नआएको भन्दै गुनासो गरेका थिए  ।

यस्तो छ निर्णय पत्र

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार