• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा अटो चलाएर मासिक ३० हजार कमाउछिन् यी युवतीले


 

मिना बुढाथोकी / जेठ १, सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको सल्लीबजारमा बसोबास गर्ने एक युवतीले अटो चलाएर मासिक ३० हजार बढी आम्दानी गर्ने गरेकी छन् । २० वर्षीया  निर्मला कार्कीले अहिले सल्लीबजार आसपासका यात्रुहरुलाइ आप्mनो अटोमा राखेर गन्तव्य सम्म पुर्याउँदै आएकी छन् ।

जाजरकोट घर भइ हाल सल्यानको सल्लीबजारमा सपरिवार बस्दै आएकी निर्मलाले अटो चलाएर आएको आम्दानीबाट घर परिवार धानेकी छन् । दैनिक जसो एक हजार कहिलै सात सय सम्म आम्दानी हुन्छ उनले भनिन्,अटो चलाएर कमाएको रकमबाट अहिले घरपरिवारको आर्थिक गुजरा चली रहेको छ ।

ठाउँठाउँमा जागिरको लागि धाउदै आएपनि चिनेजानेको कोही नहँुदा जागिरबाट बन्चित भएकी उनी गत बर्षदेखि अटो चलाउन थालेकी हुन । उनी अटो चलाउने जिल्लाकै पहिलो महिला हुन ।

जाजरकोटमा केही कठिनाई आएपछि अटो चलाउन सल्लीबजार झरेको उनले बताईन । अटो चलाउन नेपालगन्जमा सिकेकी उनले यसबाट राम्रै कमाई भैरहेको र बाबुआमा र दुई भाईबहिनी गरी पाँच जनाको परिवार पाल्न सहज भएको बताइन् ।

‘बिहान देखि बेलुकीसम्म अटो चलाउदा हातखुट्टा दुख्ने मात्र नभई थकाई लाग्ने भएपनि घर खर्च र भाई बहिनीको पढाईका लागि ती सबै पिडालाई भुलेर अटो चलाउने गरेकी छु,उनले भनिन्,दिनमा एक हजार जति कमाई हुन्छ ।’

सल्लीबजारको आसपासमा अटो चलाउने गरेकी उनले यात्रु पाएमा सल्यान खलंगा, जाजरकोट र सुर्खेत नजिकैसम्म पुग्ने गरेको बताईन । ‘पहिले पहिले अटो चलाउन लाज लाग्थ्यो उनले भनिन्, मैले अटो चलाएको देखेर सबैले झुम्मिएर हेर्ने गर्थे, कसैले जिस्काउथे पनि अहिले आएर सबै सामान्य जस्तो लाग्छ, कसैको परवाह नगरि आप्mनो काम गर्छु ।’

‘अझैपनि कतिपयले खिल्ली उडाउने गर्छन तर म वास्ता गर्दिन । आफनो काम गरेर खानलाई किन लाज मान्नु पर्यो’ उनले भनिन ।’ जाजरकोटको अटो सल्लीबजारमा ल्याएर चलाउदा केही समय स्थानीयले रोक्ने प्रयास गरेपनि आफुले मतलव नगरेको उनको भनाई छ ।

 

 

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार