• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

प्रेसमा अंकुश लगाउने सरकारी विधेयक विरुद्व सल्यानका पत्रकारहरुको बृहत प्रदर्शन


जेठ ३, सल्यान ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी प्रयासका विरुद्ध देशभरका पत्रकारहरु आन्दोलनमा रहेको बेला सल्यानका पत्रकार पनि आन्दोलित भएका छन् । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै नेपाल पत्रकार महासंघ केन्द्रको आव्हानमा जिल्ला शाखा सल्यानको अगुवाईमा आज शुक्रबार सदरमुकाम खलंगामा प्रदर्शन गरिएको हो ।

जिल्ला स्थित पत्रकारहरुले आफ्ना संचारमाध्याममा प्रयोग गर्ने सामाग्री सहितथ प्रदर्शन गरेका हुन् । टुडिखेलबाट सुरु भएको विरोध र्याली डाडागाउँ, पुरानो बसपार्क, ठण्डी सडक हुँदै पुनह पुरानो बसपार्क आएर कोण सभामा परिनत भएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाहीले संविधानले दिएको अधिकारलाई सरकारले कुण्ठित गर्न लागेको बताए । उनले संविधानमा पुर्ण स्वतन्त्रता भएपनि सरकारले बेलाबेला आफुखसी नियम बनाउदा नागरिकलाई झस्काइरहेको बताए ।

उनले भने, “हाम्रो आफ्नै कानुन प्रेस ककाउन्सिल छ, तर सरकारले आफ्नो मातहतमा लिएर पत्रकारलाई करोडौँको सजाय दिन खोज्यो । मिडिया विधेयक तत्काल फिर्ता लिनुपर्ने भन्दै उनले देशमा पुर्ण स्वतन्त्रता कायम गर्न सरकारलाई आग्रह गरे ।”

कार्यक्रममा बोल्दै महासंघका जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले आन्दोलन नचर्काउदासम्म सरकारले विधेयक फिर्ता नलिने छाटकाट देखिएको बताए । उनले वर्तमान सरकार आजिवन नहुँने भन्दै पछि यो विद्येकले उसैलाई समेत घाँडो हुने  बताए । विधेयक फिर्ता नलिए आन्दोलन झन चर्किने अध्यक्ष शर्माको चेतावनी छ ।

त्यस्तै कार्यक्रममा बोल्दै महासंघका सल्यान सल्लाहकार शनतकुमार शर्माले सरकारमा संलग्न भएकै मान्छेहरुले बेलाबेला पत्रकारमाथी आक्रमण गर्ने गरेको बताए । उनले वर्तमान सरकार काण्डै काण्डमा मुछिएपछि पत्रकारको मुख थुन्न खोजेको बताए ।

उनले भने, “सरकार विभिन्न काण्डमा संलग्न छ, पत्रकारले त्यस काण्डहरु बाहिर ल्याउन थालेपछि सरकार डराएर प्रेसमाथी अंकुश लगाउन खोजेको हो ।” प्रेस स्वतन्त्रतामाथी अंकुश लगाउने राणा, पंच्यायत, राजतन्त्र समाप्त भएको भन्दै उनले सरकारको यो कार्यपनि समाप्त हुने बताए । सरकारले विधेयक फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको उनको चेतावनी छ । कार्यक्रमको संचान महासंघ सल्यानका सहसचिव शिव डाँगीले गरेका थिए ।

हालैमात्र सरकारले संसदमा दर्ता गरेको आमसञ्चार विधेयक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पत्रकारले आचारसंहिता उल्लङ्घन भएमा २५ हजारदेखि १० लाखसम्म जरिवाना तथा जति पनि क्षतिपुर्ति गराउने कठोर आर्थिक दण्डले प्रेस स्वतन्त्रतालाई गम्भीर आघात पार्ने नेपाल पत्रकार महासंघले ठहर गर्दै आन्दोलनको घोषणा गरेको छ । पत्रकार महासंघनेतृत्वको उक्त आन्दोलनलाई विभिन्न क्षेत्रमा कार्यरत पत्रकारहरुले साथ दिइरहेका छन् ।

केन्द्रीय सदस्य, टेकराज शाही

 


जिल्ला अध्यक्ष, प्रतिक इच्छुक शर्मा

 


जिल्ला सल्लाहकार, शनतकुमार शर्मा  

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार