• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

आफ्नो अधिकारको लागि आवाज उठाउन सुझाव


निता चौधरी / जेेठ ३, दाङ ।
तुलसीपुर उपमहानगरपालिका १० को वडा युवा क्लवको आयोजनामा गरिएको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले १० नंवर आफ्नो अधिकारका लागि आवाज उठाउन सुझाव दिएका छन् । दिगो विकास लक्ष्य कार्यानवयनमा युवाहरुको भूमिका विषयक विहिबार भएको अन्तक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायका व्यक्तिहरुले यस्तो सुझाव दिएका हुन् ।

उनीहरुले वडामा अहिले रहेका जल्दोबल्दो समस्या वायू प्रदुषण, वालविवाह, महिला हिंसा, वेरोजगारी, विदेश पलायन, लागु पदार्थ दुव्र्यसनी प्रमुख समस्याको रुपमा रहेको र उक्त समस्यालाई समाधान गर्नका लागि वडा क्लवले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताएका छन् ।

साथै १० नंबर वडाको व्याप्त समस्यासँग केन्द्रित भएर यूवा क्लवको निति तथा कार्यक्रममा समेट्न र काम गर्न युवा क्लवलाई आग्रह पनि गरेका छन् । सरोकारवाला निकायले मात्र गरेर सम्भव नहुने हुनाले प्रत्येक व्यक्ति स्वयम् आफैँ पनि लाग्ने र सचेत हुनु पर्नेे उनीहरुको भनाई थियो । सो अवसरमा दिगो विकासको परिचय र दिगो विकासका लक्ष्यहरुको बारेमा ओरेककी जिल्ला संयोजक ईश्वरी थापाले प्रशिक्षण दिएकी थिइन् ।

क्लवका अध्यक्ष पुरन चौधरीको अध्यक्षता तथा युवा परिषद् दाङका अध्यक्ष सुरेस रावतको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उपमहानगरपालिका १० का वडा अध्यक्ष कुमार लानिछानेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका कार्यकर्ता कमल केसी, जनजागृति मा वि पातु वनगाउँका प्रधान अध्यापक सालिक राम लामिछाने, प्रा वि गौरीगाउँका शिक्षक लक्ष्मीराज गिरी, ओरेकको कार्यक्रम अधिकृत कल्पना चौधरी, जनचेतला महिला समुहकी सहसचिव कृष्णा चौधरी, समाजसेवी तेज वहादुर चौधरी लगायतकाले बोलेका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नंवर १० का वडा युवा क्लवको आयोजना तथा महिला पुनस्थापना केन्द्र ओरेकको सहकार्यमा अन्तरक्रिया कार्यक्रममा १० नंवर वडाका सरोकारवाला निकाय, समाजसेवी र यूवाहरु गरी ३० जनाको सहभागिता रहेको थियो । क्लवको कोषाध्यक्ष गिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रतिक्षा लामिछानेले गरेकी थिइन्।

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार