• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

रोल्पामा ३ वटा घरमा आगलागी


हर्क घर्तिमगर / जेठ ३, रोल्पा ।
रोल्पामा ३ वटा घरमा आगलागी भएको छ । सुनछहरी गाउपालिका ४ स्यूरीमा शुक्रबार लागेको आगलागीबाट २ वटा घर पुर्ण रुपमा क्षेती भएका छन् भने एक घरको छानो (पाली) जलेको छ ।

पुर्णरुपमा घर क्षेती हुनेमा स्थानीय जगलाल विक र विरपति विकको रहेको प्रहरी चौकी स्यूरीले जनाएको छ । आगलागीबाट घरमा रहेको अन्नपात, लट्टाकपडा,जग्गाको कागजपत्र, नगद रुपैया लगायत जलेर खरानी भएको पीडितहरूले बताएका छन् ।

क्षेतिको विस्तृत विवरण आउन बाँकि रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार