• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानका सरकारी कार्यालयमा सुचना माग्नेको संख्या न्युन


मिना बुढाथोकी / जेठ ३, सल्यान ।
सल्यानमा सुचना माग्न आउनेको संख्यामा कमी रहेको कार्यालय प्रमुखहरुले बताएका छन् । कार्यालयबाट लिखित रुपमा सुचना माग्न आउनेहरुको संख्या एकदमै न्युन रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले चेतनाको कमीले गर्दा पनि सुचनाको माग गर्न धेरै नआउने गरेको पाइएको जानकारी दिए ।

जिल्ला हुलाक कार्यालय सल्यानले आयोजना गरेको कार्यालय प्रमुखको सहभागितामा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कुनैपनि कार्यालयमा सुचना माग गर्न आएको व्यक्ती लाइ यदि कसैले सुचना लुकाएको खण्डमा सम्बन्धित निकायले गम्भीर प्रकारको कारवाही भोग्नु पर्ने अवस्था रहेकोले यस्ता कुरामा सचेत रहन सम्बन्धित सबैलाइ उनले सचेत गराए ।

पमुख जिल्ला अधिकारी न्यौपानेले सुचना माग्न आउनेले फर्मेट ल्याएर आएमा सुचना दिन सहज हुने बताएका छन् । ‘यहाँ सुचना माग्न आउनेको संख्या एकदमै न्युन छ उनले भने, कार्यालयमा सुचना माग्न आएको खण्डमा सुचना दिने गरेका छौं। यदि कसैले दिन मिल्ने सुचनाहरु लुकाउन खोजे कानुन बमोजिमको कारवाही हुन्छ ।’

कतिपय अवस्थामा आप्mना कार्यालयमा भएका सुचना ऐन र कानुन अनुसार प्रकाशन प्रशारण गर्ने र त्यसलाइ सार्वजनिक गर्ने कुरामा कार्यालयहरुको ध्यान नपुगेको बताउँदै उनले आगामी दिनमा यस तर्फपनी ध्यान दिन कार्यालय प्रमुखहरुलाइ निर्देशन दिए । सुचनाको हक सम्बन्धी जति विषय छन ति विषयलाइ कार्यान्वयनमा ल्याउन उनले प्रतिबद्दता जनाएका छन् ।

जिल्ला अस्पताल सल्यानका प्रमुख राम बहादुर नेपालीले सुचना माग्नु पर्छ भन्नेकुराका लागी यहाँका जनता र सर्वसाधारणलाइ सचेत गराउनु पर्ने बताएका छन् । कार्यालयबाट प्रवाह हुने सेवा सुविधाका बारेमा सर्वसाधारण अझैपनि जानकार नभइसकेकाले यस तर्फ समेत सचेत गर्नु पर्ने देखिएको उनको भनाइ छ ।

कार्यालय प्रमुख नेपालीले यहाँको समाजलाइ सुचना माग्नु पर्छ भन्ने संस्कार,परिपाटी मिलाउन आवश्यक देखिएको बताए । तर केही कार्यालयका सुचना अधिकारीले भने कार्यालयबाट आफुले समेत सुचना नपाउने गरेको गुनासो गरेका छन् ।

सुचना अधिकारीले कार्यालयका सबै सुचना राख्नका लागी कार्यालयका सबै फाँटका प्रमुखले आफुसंग भएका सुचना दिएमा आफुले सबै सुचना भनेको समयमा अरुलाइ उपलब्ध गराउन सक्ने सुचना अधिकारीको भनाइ रहेको छ ।

यता जिल्लामा संचालनमा रहेका सन्चार माध्ययमहरुले संचार माध्ययमा दिने सुचना बाहिरी जिल्लाका संचार माध्यमलाइ दिनु भन्दा जिल्लाकै संचार माध्यमलाइ दिनु पर्ने माग राखेका छन् । जिल्ला हुलाक कार्यालय प्रमुख धिरेन्द्र भण्डारीले यस्ता कार्यक्रम समय समयमा सबैले आयोजना गर्नुपर्ने बताए ।

 

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार