• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

विप्लव पार्टीले प्रधानमन्त्री ओलीका कार्यक्रममाथी प्रतिबन्ध लगायो, जेठ ४ गते रुपन्देही बन्द


जेठ ३, रुपन्देही ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी ओलीको कार्यक्रमा प्रतिबन्ध लगाउन सुरु गरेको छ । गत बैशाख ६ गतेदेखि प्रधानमन्त्री जाने जिल्लामा बन्दको घोषण गरेको नेकपाले जेठ ४ गतेदेखि ओलीमाथी लगाउने घोषण गरेको छ ।

जसअनुसार नेकपाले जेठ ४ गते शनिबार रुपन्देही जिल्ला बन्दको आव्हान गरेको छ । लुम्बिनिमा बुद्ध जयन्ती मनाउन शनिबार प्रधानमन्त्री ओली पुग्ने भनेपछि विप्लव नेकपाले उक्त जिल्ला बन्दको घोषण गरेको हो ।

नेकपाका रुपन्देही सेक्रेटेरी अमर आर.सि.द्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ, “पुर्वघोषित कार्यक्रम अनुसार हाम्रो पार्टीले केपि ओलि गएको जिल्लामा बन्द गर्ने घोषण गरेकोले भोलि ४ गते केपि ओलि रुपन्देहीको लुम्बिनी आउने कार्यक्रम रहेकोले सम्पुर्ण जनताहरुलाई सो कार्यक्रम बहिष्कार गर्न अनुरोध सहित रुपन्देही जिल्ला बन्दको कार्यक्रम घोषणा गर्दछौं ।”

साथै उक्त पार्टीले आफुमाथी लगाएको प्रतिबन्ध तत्काल फिर्ता नगरे यसभन्दा अझ कडा संघर्षका कार्यक्रम अगाडि आउने चेतावनी दिएको छ । शनिबारको रुपन्देही बन्दमा अत्यावश्यक साधनबाहेक यातायात सम्पुर्ण रूपमा बन्द रहने जानकारी सो पार्टीले दिएको छ ।

यस्तो छ विज्ञप्ती

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार