• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

जनपत्रकार सहित ५ संगठनद्वारा जेठ ४ गते काठमाडौंमा बृहत अन्तरक्रियाको आयोजना


जेठ ३, काठमाडौं ।
जनपत्रकार संगठन नेपाल सहितका कार्यगत एकता गरिएका ५ पत्रकार संगठनको सयुक्त आयोजनामा शनिबार काठमाडौंमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको प्रश्न विषयक वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

पछिल्लो समय  सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विद्येयक लगाएत पत्रकार एवम् सर्वसाधारण नागरिकहरुको गैरन्यायिक गिरफ्तारी र धरपकड बढदै गएको  वेला ५ पत्रकार संगठनहरु कार्यगत एकता गरि चरणबद्ध आन्दोलनमा उत्रेका छन । केही दिन अगाडि मात्रै जनपत्रकार संगठन सहितका ५ पत्रकार संगठनहरु द्वारा राष्ट्रिय मानवअधिकार आयोगलाई समेत  ध्यानाकर्षण एवम् जानकारी गराएका थिए ।

गत बुधबार आयोग  कार्यलय पुगि आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ति लगाएतका आयोगका पदाधिकारीलाई भेटि पत्रकार संगठनका पदाधिकारीहरुले ध्यानाकर्षण जनाएका हुन । जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र रावत, प्रेस सोसाइटीका अध्यक्ष केशव अर्याल र मधेसी पत्रकार समाजका मोहनसिंह लगाएतका पदाधिकारीहरु आयोग पुगेका थिए ।

देशभरका पत्रकारहरुले प्रेस विरोधी विधेयक तत्काल खारेज नगरे अन्तर्रा्ष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिईरहेका वेला संगठनका पदाधिकारीहरु आयोग साथै अन्तरक्रियामा जुटेका हुन ।

सनिवार तथा भोलिको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओबादीका महासचिव मोहन बैध किरण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, कानुन व्यवसायी,पत्रकार महासंघका पुर्व पदाधिकारीहरुको सहभागीता रहने पत्रकार संगठनका नेताहरूले बताएका छन ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार