• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानका महिलाहरुको माग “हामीलाई एम्बुलेन्स देउ”


जेठ ३, सल्यान ।
सल्यानको रिम र सिनवाङका नागरिकहरुले गाउँघर क्लिनिक र एम्बुलेन्सको माग गरेका छन् । स्वास्थ्य क्षेत्रको सामाजिक परिक्षण कार्यक्रम अन्तर्गत रीम र सिनवाङ स्वास्थ्य चौकीमा भएको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागीहरुले सुत्केरि हुने महिला तथा गम्भीर विरामीलाइ स्वास्थ्य संस्था सम्म पुर्याउन एम्बुलेन्सको माग गरेका हुन् ।

कपुरकोट गाउापालिका ५ मा भएको कार्यक्रममा तिलसरि बोहोराले रीम स्वास्थ्य चौकीमा एम्बुलेन्सको ब्यवस्था गर्न गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष संग माग गरिन् । यस्तै विहिबार सिनवाङमा भएको कार्यक्रममा सहभागीहरुले गाउँघर क्लिनिक, विरामी बोक्ने स्टेचरको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवाग्राहिसंग राम्रो व्यवहार गर्नुपर्ने सुझाव दिए ।

सामाजिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले तत्कालको लागी एउटा एम्बुलेन्स खरिद गरेर कपुरकोट स्वास्थ्य चौकी माफर्त गाउँपालिकाभरि सेवा शुरु गरेको जनाउँदै आगामी दिनमा सिनवाङ र रीम क्षेत्रलाइ मध्यनजर गरेर अर्काे एम्बुलेन्सको पनि ब्यवस्था गर्न सकिने बताए । तर एम्बुलेन्सको ब्यवस्थापन तथा संचालनको जिम्मा सम्बन्धीत स्वास्थ्य संस्थाले लिनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष सेनले सम्पूर्ण स्वास्थ्य क्षेत्रका कर्मचारिलाइ कुनै पनि सेवाग्राहीको गुनासो नआउनेगरि सेवा प्रवाह गर्न निर्देशन दिए । यस्तै उपाध्यक्ष तिला बुढा मगरले विभिन्न ठाउँमा गाउँघर क्लिनिक निर्माण गरिएको जनाउँदै आवश्यकताको आधारमा अन्य ठाउँमा पनि अवको आर्थीक वर्षमा निर्माण गरिने प्रतिवद्धता जनाइन् । स्वास्थ्य शाखाको संयोजक अरुण दाहालले कुनै पनि स्वास्थ्य चौकीमा औषधिको अभाव नरहेको बताए ।

सहभागीहरुले रिम आयुर्वेद औषधालयमा कर्मचारिको उपस्थीती अनियमित हुने तथा औषधिको अभाव रहेको गुनासो गरेका थिए । रीम स्वास्थ्य चौकी ब्यवस्थापन समितीका अध्यक्ष यम कुमार वस्नेत, स्वास्थ्य चौकी इन्चार्ज दशरथ गिरी, सिनवाङ स्वास्थ्य चौकी ब्यवस्थापन समितीका अध्यक्ष हेरम बहादुर बुढाथोकी, स्वास्थ्य चौकी इन्चार्ज विमला केसी लगाएतले सहभागीले उठाएका प्रश्नको जवाफ दिदै आगामी दिनमा स्वास्थ्य क्षेत्रका समस्या समाधान र कमजोरि सच्याउदै जाने प्रतिवद्धता जनाएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार