• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

भ्रष्टाचार गरेको भन्दै गाउँपालिका अध्यक्षको घरमा बम विस्फोट


जेठ ४, सप्तरी ।
सप्तरीको बलान-बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम विस्फोट भएको छ । शुक्रबार राति १२ बजेतिर बलान-बिहुल गाउँपालिका २ स्थित अध्यक्ष गोइतको घरमा कुकर बम विस्फोट गराइएको सप्तरीका एसपी राजेन्द्र बिष्टले जानकारी दिए ।

विस्फोटबाट घरका सम्पूर्ण सामानमा क्षति पुगेको छ भने अध्यक्ष दयानन्दका काका श्याम गोइत बम छर्रा लागेर घाइते भएका छन् । घरमा कोहि नभएको बेला विस्फोट गराइएको हो । उनका काका श्याम भने दलानमा सुतिरहेका थिए ।

यसैबीच जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा -क्रान्तिकारी) ले बम विस्फोटको जिम्मेबारी लिएको छ । गाउँपालिका अध्यक्ष गोइत भ्रष्टाचारमा डुबेकाले उनको घरमा विस्फोट गराइएको बिज्ञप्तीमा उल्लेख छ । भ्रष्टाचार जारी नै रहेमा योभन्दा उच्चस्तरको कार्वाही गर्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार