• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका सिडियो र डिएसपीको आग्रह “मन्त्री र मेयरलाई फोन गरेर पावर नदेखाउनुहोस्”


जेठ ४, सल्यान ।
जिल्ला प्रशासन कार्यालय सल्यानमा बिहीबार राजमार्ग अवरुद्व नगर्ने विषयमा छलफल भैरहेको थियो । छलफलमा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, जिल्ला प्रहरी प्रमुख (डिएसपी) बिरेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी प्रमुख विमल डाँगी लगाएत स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, यातायात व्यवसायी र पत्रकारहरुको पनि सहभागीता रहेको थियो ।

राजमार्गको बिषयमा भएको छलफलमा सवारी दुर्घटना कम गर्न के गर्न सकिन्छ भन्ने कुरा पनि उठ्यो । धेरैले सडकको अवस्था जोखिम, गाडीमा धैरै यात्रु, ओभर स्पिीडको कारण सल्यानमा दुर्घटना धेरै हुने गरेको कुरा उठाए । डिएसपी बिरेन्द्र बहादुर शाहीले गाडी मालिकले रात्री बसमा डबल चालक नराखेको बताए ।

उनको प्रश्नको जवाफ दिदै सल्यान रुकुम यातायात व्यवसायी समितीका अध्यक्ष अरबिन्द कुमार राईले रात्री बसको लागी चालक नै पाउन मुस्किल भएको तर्क गरे । उनको कुरा सुन्न बित्तीकै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले भने, “यत्रो बेरोजगार युवाहरु छन्, रोजगार नभएर बिदेश जान्छन्, तपाई ड्राईभर पाईदैन् भन्ने कुरा नर्गनु न ।”

त्यतिकैमा समितीका अध्यक्ष राईले सल्यानमा ट्राफिक चेकिङ कडाई भएको बताए । उनको कुरा सुनेर डिएसपी शाहीले भने, “हामी सल्यानमा सवारी चेकिङमा काडाई गर्छाैँ, ओभरलोड राख्न दिदैनौँ । तर कतिपयले मेयर र मन्त्रीलाई फोन गरेर पावर देखाउनु हुन्छ, पिलिज त्यसो नगर्नुहोला ।” आफुले कानुन अनुसार काम गरेको भन्दै डिएसपी शाहीले गाडीमा ओभरलोड राख्ने जो कोहिलाई पनि कराबाही गर्ने बताए ।

डिएसपीको कुरामा थप्दै प्रजिअ न्यौपानेले भने, “हामीलाई कानुनले दिएको अधिकार हामी प्रहयोग गर्छाै, सबैलाई समान व्यवहार हुन्छ, तपाईहरुले राजनिती पावर नदेखाउनुहोला ।” स्थानीय तहले पनि आफुहरुलाई नटेरेको भन्दै उनले दुख व्यक्त गरे ।

कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका प्रशासकिय प्रमुखहरुलाई बोलाएको भन्दै उनले भने, “राजमार्ग खुलाउने विषय हो, सबैलाई खबर गर्दा पनि आधा स्थानीय तहले महत्व नै दिएनन् । उहाँहरुले आफुलाई आफैले ठुलो ठान्नुहुन्छ, यो कुरा पत्रकार मित्रहरुले उहाँको कानसम्म पुर्यादिनु होला ।”

यो पनि पढ्नुहोस्

सल्यानमा जथाभावी सडकमा सामाग्री थुपार्नेलाई कानुनी कारबाही गरिने

सल्यानमा जथाभावी सडकमा सामाग्री थुपार्नेलाई कानुनी कारबाही गरिने भएको छ । विभिन्न समयमा हुने राजमार्गलाई सुचारु गर्नको लागी जिल्ला प्रशासन कार्यालय सल्यानमा भएको छलफलमा यस्तो निर्णय गरिएको हो ।

बिहीबार जिल्ला स्थित सुरक्षाकर्मी, स्थानीय तह र यातायात व्यवसायीबीच भएको छलफलमा नियमित सडक सुचारु सम्बन्धी विभिन्न ५ बुँदामा निर्णय गरिएको हो । सल्यानका अधिकांस क्षेत्रमा राजमार्ग तथा त्यसको सहायक सडकहरु विभिन्न समयमा अवरुद्व हुने गरेको सुचना व्यपाक आएपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बताए ।

निर्णयमा सडकमा जथाभावी निर्माण सामाग्री थुपारेर सडक अवरुद्व गर्नेलाई तत्काल कानुनी कारबाही गरिने, प्रत्येक स्थानीय तहले आफ्नो भौगोलिक सिमाना वा क्षेत्रमा पर्ने सडकको वग्रीकरण गरेर जिल्ला स्थित सुरक्षा निकाय वा जिल्ला प्रशासनमा जानकारी गराउने लगाएतका रहका छन् । त्यसैगरी स्थानीय तहले आफ्नो सिमाक्षेत्र भित्र पर्ने सडक ताथ राजमार्गमा विद्यमान अवस्थामा हुनसक्ने बन्द, हड्ताल, चक्काजामलाई पनि पुर्व आकलन गरि सामाधान गर्नुपर्ने भएको छ ।

त्यस्तै जिल्ला ट्राफिकसँग स्थानीय तहले समन्वय गरेर अवरोध भएको सडक खुलाउन आवश्यक सामाग्री दिनुपर्ने भएको छ । साथै ट्राफिक व्यवस्थापन प्रभावकारीको लागी चेतनामुलक कार्यक्रम गर्ने निर्णय पत्रमा भनिएको छ ।

यस्तो छ निर्णय पत्र

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार