• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

आगलागीमा परि ज्यान गुमाउनेको परिवारलाई छत्रेश्वरी गाउँपालिकाले २५ हजार दियो


जेठ ४, सल्यान ।
आगलागीमा परि ज्यान गुमाउने सल्यान छत्रेश्वरी गाउँपालिका ६ रामकाडाका खगेन्द्र बोहराको परिवारलाई उक्त गाउँपालिकाले राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।

गत बैशाख २८ गते रामकाडाको इन्द्रेणी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा आगोको मुस्लोमा परि गम्भीर घाईते भएर मृत्यु भएका खगेन्द्रको परिवारलाई घरमै पुगेर गाउँपालिका अध्यक्ष केसीले राहत स्वरुप २५ हजार दिएका हुन् । आगोले जलेर गम्भीर घाइते भएका खगेन्द्रको ३१ गते उपचारको क्रममा काठमान्डौको किर्तिपुर अस्पताल बिहान ५ बजे मृत्यु भएको थियो ।

विपदबाट ज्यान गुमाउनेहरुका परिवारलाई गाउँपालिकाले राहत स्वरुप २५ हजार रुपैयाँ दिने गरेको छ । सोहि आगलागीमा परि ज्यान गुमाएकी पुन्टी बोहराका परिवारलाई पनि गाउँपालिकाले यसअघि राहत स्वरुप २५ हजार रुपैया दिईसकेको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार