• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

तुलसीपुरमा एक महिने नेपाली साँकेतिक भाषा तालिम उदघाटन


दाङ सम्बादाता । बैशाख ४, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.८ काे अार्थीक सहयाेग तथा राप्ती बहिरा संघ दाङकाे अायाेजनामा तुलसीपुर उपमहानगरपालिका वडा नं.८ काे अस्वारामा एक महिने नेपाली साँकेतिक भाषा तालिम उदघाटन भएको छ ।

राप्ती बहिरा संघ दाङका अध्यक्ष अजयकुमार शर्माकाे सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.८ का वडा अध्यक्ष बेदबहादुर केसीकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएको तालिमकाे उदघाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि केसीले वडामा रहेका बहिरा अपांगता भएका व्यक्तिहरुकाे हरेक स्थानमा सहज पहुँच स्थापित गराउन सहयाेग पुर्याउने मुख्य उद्देश्यले विगत वर्षदेखि नै नेपाली साँकेतिक भाषा तालिमकाे सञ्चालन गर्दै अाएकाे कुरा बताएका थिए । साथै अागामी वर्षमा पनि यस्ता किसिमका तालिमका लागि वडाबाट अावश्यक याेजना बनाएर अघि बढ्ने कुरामा जाेड दिएका थिए ।

राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माकाे स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा वडा सदस्य गाैमती सार्की , वडा स्तरिय अपांगता समन्वय समितिका संयाेजक तेजकुमारी भुसाल,बहिराहरुका अभिभावक रञ्जु शाह,बालकुमार देवकाेटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

३५ जना बहिरा तथा सुस्तश्रवण भएका व्यक्ति र तिनका अभिभावकहरुकाे सहभागीता रहेकाे कार्यक्रमकाे सहजिकरण राप्ती बहिरा संघ दाङका कार्यक्रम संयाेजक देवा डाँगीले गरेकी थिईन ।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार