• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

तुलसीपुर नगर जेसिज द्वारा निसुल्क स्वास्थ सिबिर आयोजना


दाङ सम्बादाता । बैशाख ४, दाङ । तुलसीपुर नगर जिसिजको  आयोजनामा तुल्सिपुर उपमहानगरपालिका वडा न. १४ स्थित बालमितेरी मा.बि भोजपुरमा निसुल्क स्वास्थ सिबिर आयोजना भएको छ।

जेसिजको बार्सिक कार्यक्रम अन्तर्गत जेसिज सप्ताहको सन्दर्भमा “मानबताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो ” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै गरीब तथा विकट ठाउँका मानिसहरुलाइ मध्यनजर गरि सो सिबिर आयोजना गरिएको थियो।

सिबिरमा तुल्सिपुर स्थित पाल्पाली पोलिक्लिनको प्राबिधिक सहयोगमा भएको सिबिरमा दुई जना एम.बि.बि. एस डाक्टरले १७९ जनाको स्वास्थ परिक्षण गर्नुभएको थियोे ।

उक्त स्वास्थ सिबिरको उद्घाटन समारोहको अध्यक्षता जेसिजका अध्यक्ष जेसि मेघराज घिमिरे, प्रमुख अतिथि वडा न. १४ का वडा अध्यक्ष परसुनारायण चौधरीरहनु भएको थियोे ।

कार्यक्रम संयोजक जेसि सुरज ज्ञवालीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा जेसिज सप्ताह अन्तर्गतका कार्यक्रमको बारेमा जानकारी मुल संयोजक जेसि केसबराज के सि ले गर्नुभएको थियो भने कार्यक्रम संचालन प्रबक्ता जेसि नारायण भट्टराईले गर्नुभएको थियो।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार