• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

नेपाल कंडेल बंश उत्थान समाज दाङको कुल पुजा सम्पन्न


देवराज कडेल , ४ जेठ दाङ  । नेपाल कंडेल बंश उत्थान समाज दाङको आज सनिबार कुल पुजा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । तुलसिपुर ८ भारद्वाज नगरमा रहेको कुलको मन्दिरमा बिभिन्न ठाउबाट आएका भक्तजनहरुको सहभागितामा कुल पुजा सम्पन्न भएको हो ।

बि. स . २०६० सालदेखि विभिन्न ठाउमा रहेका कंडेलहरुलाइ एकिकृत गरि पुजा गर्ने कार्य सुरु गरिएको अध्यक्ष टिकाराम कंडेलले जानकारि दिनुभयो । बलि दिेने प्रथाको अन्त्य गरि नरिवल , फुल र , अगरबत्तिले पबित्र मनले पुजा गरौ भन्ने सोचका साथ कुल पुजा गर्ने कार्य सुरु गरिएको अध्यक्ष कंडेलले बताउनु भयो ।

साथै मन्दीरमा कुल पुजा संगै आगामी दिनमा कसरी एक आपसमा सहकार्य , मेलमिलाप तथा आपसी समझदारीमा कंडेल बन्धुहरु सफल हुन सकिन्छ भन्ने बारेमा छलफल सम्पन्न भएको छ ।

टिकाराम कंडेलको अध्यक्षता तथा ऋषिराज कंडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष टेकन प्रसाद कंडेलले बार्सीक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । उक्त छलफलमा युबराज कंडेल , हिमाल कंडेल , दुर्गा कंडेल , देबराज कंडेल लगायतकाले बोल्नु भएको थियो ।

रुपकलि कंडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचीव कृष्ण कंडेलले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार