• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

बुद्ध जयन्तीको अवसरमा तुलसीपुरमा कार्यक्रम सम्पन्न


पूर्ण के.सी. बैशाख ४, दाङ । २५६३ औं बुद्ध जयन्तीका अवसरमा तुलसीपुरको नमु छु गुम्बामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले हापुरे–कोहलपुर सडकका लागि आगामी आर्थिक बर्षमा थप बजेट बिनियोजन हुन लागेको बताएका छन् ।

उक्त सडक निर्माण भएपछि छिटै कोहलपुर पुग्न सकिने भएकाले उक्त सडकलाई आगामी आर्थिक बर्षको सरकारको बजेटमा समेट्न सफल भएको बताए ।

नेपाल मगर बौद्ध सेवा समाज दाङको आयोजनामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले राप्ती शान्ति उद्यान पार्कमा गौतम बुद्धको गुम्वा निर्माण गरिने बताए ।

आयोजक सस्थाका अध्यक्ष मानबहादुर बुढा मगरको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार