• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

मिडिया विधेयक संसदबाट पास हुन दिदैनौं : जनार्दन शर्मा


जेठ ४, काडमाडौं ।

पुर्वमन्त्री तथा नेकपा नेता जनार्दन शर्मा प्रभाकरले मिडिया काउन्सिल विधेयक बिषय संसदले पास नगर्ने बताएका छन् । रातोपाटी सँग कुरा गर्दै नेता शर्माले वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता हनन हुनेखालका कुनैपनि विधेयक पारित नगर्ने बताएका हुन् ।

विधेयक कहाँ र कसरी बन्यो भन्नेबारे अहिले आफुकहाँ आइनसकेको र आयो भने संसदले त्यसलाई पास नगर्ने बताएका छन् । उनले भने, “ त्यो विधेयक कहाँ बन्यो ? कसरी बन्यो ? त्यो हामी कहाँ आइपुगेको छैन । म के कुरामा स्पष्ट छु भने अहिलेको संविधानको स्पिरिटभन्दा बाहिरबाट मिडियासँग सम्बन्धित विधेयक संसदले पास गर्दैन हामी संसदमा छौँ ।”

उक्त बिधेयक संसदमा आइनपुगेको जनाउदै उनले भने, “हामीकहाँ आयो भने प्रेस स्वतन्त्रतामाथि कतै अंकुश लाउनेगरी त्यो पारित हुँदैन । विधेयकहरु परिमार्जित गर्ने र परिमार्जन गर्ने सांसदहरुको भूमिका हुन्छ, त्यो भूमिका हामी खेल्छौँ । त्यसमा त्यति धेरै समस्या होलाजस्तो लाग्दैन ।”

संचारमन्त्रीले त्यो विधेक ल्याए पनि संसदमा छलफल र बहस पश्चात संसोधित हुने शर्माले आश्वस्त पारेका छन् । “अधिकारहरु अंकुश नहुने गरी, स्वतन्त्रतालाई कायम राख्ने गरी र हामी सबै आ–आफ्नै ठाउँबाट राष्ट्र र जनताप्रति उत्तरदायी हुने गरी हामी त्यो विधेयक पास गर्छौं आवश्य परे संशोधन गर्छौँ ।”, उनले भने

 

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार