• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा श्रीमतीले छुटपत्रको उजुरी दिएपछि श्रीमानले गरे आत्महत्या


दुर्गा वि.सी. / जेठ ५, सल्यान ।
सल्यानमा श्रीमतीसँग विवाद हुँदा श्रीमानले गरे आत्महत्या गरेका छन् ।

 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ मैदु निवासी वर्ष २४ का वेल्धर थापा आफ्नो घर नजिकै रुखमा झुन्डिएको अवस्था शनिबार दिउसो ३ बजे फेला परेको प्रहरीले जनाएको छ । गत वर्ष प्रेमा डाँगीसँग विवाह वन्धनमा वाधिएका उनको केहिदिन अघिदेखि खटपट हुदै आएको थियोे ।

 

श्रीमती प्रेमाले  प्रहरीमा छुटपत्रको उजुरी दिएकी थिईन् । श्रीमान श्रीमती बिचका खटपटकै कारण उनी निकै तनावमा भएको स्थानीयले बताएका छन् । मजदुरी गर्न भारत पुगेका दुवै जना केहिदिन अघि घर फर्केका थिए ।

 

घर फर्केने क्रममै बाटोमै उनिहरु विच विवाद सुरु भएको स्थानीयले बताए । घरयासी तनाव सहन नसकेर आत्महत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी गएर थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार