• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

कपुरकोटमा सरसफाइ अभियान तिब्र, एकसाथ तिन टोल पूर्ण सरसफाइ उन्मुख घोषणा


जेठ ५, सल्यान ।
पूर्ण सरसफाइ अभियानले तिब्रता पाएको सल्यानको कपुरकोट गाउँपालिकामा तीनवटा टोललाइ एक साथ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । कपुरकोट ६ को डाँग्री, रैजेखोला र सागिने टोललाइ घोषणा गरिएको सरसफाइ टोल संयोजक दली साहुले जानकारी दिएकी छिन् ।

यी टोलका ५६ घरधुरिले पूर्ण सरसफाइका न्युनतम सूचकहरु प्ुरा गरेकाले सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । तीन टोलका वासिन्दाहरुले आफ्नो वासस्थान, कार्यस्थल वरिपरि, सार्वजनिक स्थलको स्वच्छता र पवित्रता कायम राख्न मन वचन र कर्मले निरन्तर लाग्ने प्रतिवद्धता जनाएको वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितीका सदस्य अविकिरण डाँगीले जानकारि दिएका छन् ।

दुषित खाना र पानीका कारण लाग्ने अधिकांश रोग प्रत्यक्ष मानवीय व्यवहारसँग सरोकार हुने भएकाले यस अभियानले रोग न्युनीकरणमा सहयोग गर्ने कपुरकोट ६ का वडा अध्यक्ष हेरम बहादुर बुढाथोकीले बताए । पूर्ण सरसफाइ उन्मुख टोल घोषणा कार्यक्रमका वक्ताहरुले सरसफाइ क्रियाकलाप निरन्तर चलिरहने प्रक्रिया भएकाले आगामी दिनमा अझ सक्रिय रुपमा लाग्न अनुरोध गरेका थिए ।

वडा सदस्य झाक बहादुर महतरा, कलसी सारकी , जानकी आधारभूतका प्रअ गोवद्र्धन शर्मा, स्वास्थय चौकी सिनवाङका अहेव नबराज भन्डारी, शिक्षक लोकराज भन्डारी, शिक्षिका रिता घर्ति , समाजिक परिचालक प्रतिभा केसीले मन्तव्य राखेका थिए भने सञ्चालन सरसफाई स्वयमसेवक कृष्ण कुमार गौतम र शिक्षक लिलाधर बुढाथोकीले गरेका थिए । स्वागत मन्तव्य इन्द्रकला बुढाले गरेकि थिइन् ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार