• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

अन्जु पन्त र रोशनको स्वरमा प्रियंकाले अभिनय गरेको ‘झ्यालको पर्दा’ सार्वजनिक (भिडियो सहित)


राजन केसी / जेठ ५, दाङ ।
पछिल्नो समयमा निकै चर्चित गीतहरु लेख्दै आएका गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारीको ‘झ्यालको पर्दा’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको सङ्गीत, मोहित मुनालको संगीत संयोजन रहेको छ भने चर्चित गायिका अन्जु पन्त र नब गायक रोशन अधिकारीको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियोमा  शिव विकको कोरियोग्राफी तथा निर्देशन एवं सम्पादन सुप्रिम पराजुलीको रहेको छ । नायिका प्रियंका कार्की र नब गायक रोशन अधिकारीको अभिनय रहेको उक्त गीतको भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् ।

‘तिमीले पराई ठानेपछि, रुपै मोहनी, मर्छु बरु छट्पटीमा, रुपौली रानी जस्ता सर्वा्धिक लोकप्रिय गीत लेखिसकेका लोकराज अधिकारी चलचित्र होस या आधुनिक गीत लेखनको क्षेत्रमा उत्तिकै चर्चित छन् ।

यस्तो छ भिडियो

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार