• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानको बोजोबारी मन्दिरमा एक सय १५ पशुको बली


जेठ ५, सल्यान ।
सल्यानको बाजाबारी हललेमा रहेको गामालेखी ब्रहा मन्दिरमा शनिबार बिषेश पुजाआजा गरिएको छ । बोजोबारी नजिकै छत्रेश्वरी गाउँपालिका १ हासेकाटे किलोहान्ने ठाउँमा रहेको मन्दिर जिर्ण बनेपछि त्यसलाई स्थान्तरण गरि बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकाको सिमानामा पर्ने बोजोबारी हललेमा केहिदिन अघि नयाँ मन्दिर निर्माण गरिएको थियो ।

शनिबार त्यहाँ पहिले जस्तै गरेर पुजाआजा गरिएको मन्दिर समितीका कोषाअध्यक्ष खिमलाल केसीले बताए । मन्दिरमा १ सय १५ ओटा पशुको बली दिइएको थियो । ५ सयभन्दा धेरैको उपस्थिती रहेको मन्दिरमा पुजा गर्न सल्यान, रोल्पा, दाङ, रुकुम लगाएतका स्थानबाट दर्शनार्थीहरुको सहभागी रहेको थियो ।

नवनिर्मीत मन्दिर 

१७ जना पुजारे भएको यो मन्दिरमा उनका अनुसार यहाँ सन्तान नहुँने र बरबुधु माग्नेहरुका लागी र अन्य राम्रो होस् भनेर पनि यहाँ पुजा गरिने स्थानीय ज्ञानबहाहरु चन्दले बताए । उनका अनुसार यहाँ २०३५ साल देखि पुजाआजा गर्दै आइरहेको छ ।

पहिलेको मन्दिरलाई भत्काइएर स्थानीयको एक लाख जनश्रमदान र अन्य ४ लाखको लागतमा मन्दिर बनाईएको समितीका अध्यक्ष कृर्ती बहादुर ओलीले बताए । उनले भने, “पहिले यहाँ ढुंगामा पुजा गरिन्थ्यो, पछि सामान्य मन्दिर बनाइम, अहिले त्यो जिर्ण बनेपछि फराकिलो ठाउँ भएको नजिकै हललेमा सारियो ।”

बोजोबारी

 

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार