जेठ ५, दाङ ।
तुल्सिपुर नगर जेसिजको आयोजनामा जेसिज सप्ताह कार्यक्रम अन्तर्गत चौथो दिन स्वागत बोर्ड स्थापना कार्यक्रम सम्पन्न भएको छ।
तुल्सिपुर नगर जेसिजका प्रबक्ता तथा स्वागत बोर्ड स्थापना कार्यक्रमका संयोजक जेसि नारायण भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा तुल्सिपुर वडा न १ को पातेटाकुरा खोलामा वडा न १ का वडा अध्यक्ष लक्षण भण्डारीको प्रमुख आथित्यमा, वडा न २ को बागर खोलामा वडा न २ का अध्यक्ष राजु आचार्यको प्रमुख आथित्यमा, वडा न ३ स्थित राम्रीमा वडा न ३ का अध्यक्ष बिजय बि.क को प्रमुख आथित्यमा, वडा न १३ स्थित अमिलिया भञ्ज्याङमा वडा अध्यक्ष डम्बर न्यौपानेको प्रमुख आथित्यमा र वडा न १८ स्थित मज्गैमा वडा न १८ का अध्यक्ष माधब ओलिको प्रमुख आथित्यमा बोर्ड स्थापना कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमको अध्यक्षता बर्ष २०१९ का अध्यक्ष जेसि मेघराज घिमिरे रहनु भएको थियो भने तुल्सिपुर उपमहानगर पालिका कार्यपालिकाका सदस्य तथा जेसिजका सल्लाहकार दिपक कुमाल रहेका थिए । कार्यक्रम संयोजक जेसि नारायण भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको हरेक कार्यक्रममा जेसिज सप्ताहको बारेमा जानकारी मुल संयोजक जेसि केसबराज पोख्रेलले गरेको कार्यक्रमको सहजीकरण जेसि मेघराज पोख्रेल, जेसि पुर्ण बिक्रम डिसि र जेसि वसन्त भण्डारीले गरेका थिए ।