• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

विप्लवमाथीको प्रतिबन्ध फिर्ता गर भन्दै युवाहरु सडकमा आए



जेठ ५, पोखरा ।
राज्यको कडा प्रतिबन्धको बाबजुद पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन कास्कीले प्रतिबन्धको खारेजीको माग गर्दै कोणसभा सम्पन्न गरेको छ ।

 

आइतबार कास्कीको पोखरास्थित लेखनाथको पटनेरीमा संगठनको कास्की जिल्ला समितिद्वारा आयोजित कोणसभामा बोल्दै युवा संगनठका केन्द्रीय सदस्य कुमारले सरकारले जनताको पूर्णअधिकार र स्वाधीनताको पक्षमा आन्दोलन चलाइरहेका विप्लव ने.क.पामाथि प्रतिबन्ध लगाउने निर्णय गरेर सर्वहारा र उत्पीडित वर्गको हितप्रतिकूल कदम चालेको बताए ।

 

किसान, श्रमिक, सुकम्बासी निमुख वर्गलाई पूर्णअधिकारबाट वञ्चित गराउने उद्देश्यले ने.क.पा.माथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै त्यसको प्रतिवाद गर्नुको विकल्प नहेको युवा नेता कुमारको भनाई थियो । प्रतिबन्ध हटाउन सरकासँग उनले माग गरे ।

 

कुमार संगठनको गण्डक ब्युरो संयोजक समेत हुन् । प्रतिबन्ध विरुद्ध संगठनले चरणवद्ध आन्दोलन जारी राखेको छ । सोही सिलसिलामा आजको कोणसभा सम्पन्न गरिएको हो । संगठन ने.क.पा.निकट युवाहरुको संगठन हो ।

 

प्रतिबन्धको नाटक गरेर दलाल, घुसखोर, भ्रष्टचारी, तस्कर र फटाहलाई सरकारले नै उन्मुक्ति दिन खोजेको भन्दै त्यो स्वीकार्य नहुने उनको धारणा थियो ।

 

कोणसभामा युवा संगठन नेपाल कास्कीकी संयोजक सोममाया बिकलगायतको उस्थिति रहेको थियो । नेतृ विकले प्रतिबन्धको विरोधमा एकजुट युवापंक्तिलाई अपिल गरेकी थिइन् ।

 

राष्टिय तथा अन्तर्रा्ष्टि दलाल पूँजवादीहरुको इसारामा प्रतिबन्धको घोषणा गरिएको भन्दै यसलाई खारेज नगरिए कडा संघर्षबाट ठेगान लगाउने कोणसभाका वक्ताहरुको भनाई थियो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार