• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

तरुण दल र नेबिसंघले मालपोत कार्यालय तुलसीपुरलाई ध्यानाकर्षण गरायो


पूर्ण के.सी. बैशाख ५, दाङ । मालपोत कार्यालय तुलसीपुर केही समययता आलोचित बनेको छ ।अनलाईन सेवा प्रभावकारी नहुदा कार्यालय आलोचित भएको हो ।यसैबीच , दिनहुँ हुने गरेको ढिला सुस्तीलाई तत्काल सुधार गर्न नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल र नेबिसंघले कार्यालयमै पुगेर आग्रह गरेको छ ।

तरुण दलका अध्यक्ष टीका घर्तीको नेतृत्वमा तरुण तथा ने.वि.संघको टोलीले मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्कालाई सेवामा सुधार गर्न आग्रह गरेको हो ।

अनलाइन सेवा सुरु भएदेखि सेवामा ढिलासुस्ती भएको भन्ने जनगुनासो नागरिक बाट आएकाले ध्यानाकर्षण गराउन कार्यालयमा आउनु परेको तरुण दलका अध्यक्ष घर्तीले जानकारी दिए ।

जनशक्तिको अभाव र प्राबिधिक त्रुटीका कारण कार्यालयमा ढिला सुस्ती भएको मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले बताए । केही दिनमै प्राबिधिक र जनशक्तिको कुराहरु मिल्ने उनको तर्क छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार