• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा अटो चालकहरुले लगाए एउटै कलरको ज्याकेट


जेठ ५, सल्यान ।
सल्यानमा अटो चालकहरुले एउटै कलरको ज्याकेट लगाउन सुरु गरेका छन् ।

 

अटो चलकहरुलाई अनुसासित र व्यावसायिक बनाउने भन्दै सिव गुफा यातायात प्रालिले आफ्ना सबै चालकहरुको लागी नियमित कलर ज्याकेट लगाउने व्यवस्था गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको आयोजनामा जिल्लाभरी १७ वटा अटो रहेको उक्त प्रालिले आइतबार एक कार्यक्रमका बिच चालकहरुलाई जकेट वितरण गरेको हो ।

 

सल्यान उद्घोग वाणिज्य संघको हभाहल श्रीनगरमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष कुमार बुढाथोकी, .जिल्ला ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्मा, इलाका प्रहरी कार्यालय श्रीनगरका प्रहरी नायव निरिक्षक सेर बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।

सल्यानमा अहिले सिव गुफा र आरएस गरि दुईवटा अटो यातायार प्रालि रहेका छन् । सल्यानमा करिब ३५ ओटासम्म अटो संचालनमा रहेको ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले लेकाली अनलाइनलाई बताए । उनका अनुसार आरएस यातायात प्रालिले पनि अबको केहिदिनमा आफ्ना सबै चालकहरुको लागी एउटै कलरको ज्याकेट वितरण गर्ने भएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार