• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीका विरुद्व फेसबुकमा कमेन्ट गरेको आरोपमा एकजना पक्राउ


जेठ ६, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्व फेसबुकमा कमेन्ट गर्ने एकजना पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सिन्धुपाल्चोकका लालबहादुर तामाङलाई पक्राउ गरेको हो ।

 

उनले प्रधानमन्त्री ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको प्रहरीको आरोप छ । महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि गरेको कमेन्टको विषयलाई लिएर पक्राउ गरिएको छ ।

 

सामाजिक सञ्जाल फेसबुकमा नेपाली खबर नामक वेवसाइटमा शेयर गरिएको एउटा कन्टेन्टमा उनले त्यस्तो कमेन्ट लखेका थिए । ‘५० करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भनेर प्रकाशित सामग्रीमा सलिम यान्जन तामाङ भाइ नामक आइडीबाट उनले ‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भनेका थिए ।

 

सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश राखेर सर्वसाधारणमा भ्रम र त्रास फैलाउन खाजेको आरोपममा उनीविरुद्ध साइबर अपराध कसुर अन्तरगत मुद्दा चलाउन लागिएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ६ गते सोमवार