• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

जेसिज सप्ताह : पाचौंदिन लागुऔषद तथा दुर्बेसनी न्यूनीकरण कार्यक्रम सम्पन्न


दाङ सम्बादाता बैशाख ६, दाङ । तुल्सिपुर नगर जेसिजको आयोजनामा जेसिज सप्ताह कार्यक्रम अन्तर्गत पाचौंदिन लागुऔषद तथा दुर्बेसनी न्यूनीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम संयोजक जेसि दामोदर न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्ब अध्यक्ष जेसि दिपेस भन्डारी, दाङ महिला जेसिजकी महासचिव जेसि अनिता ढकाल, ससस्त्र प्रहरीका सत्य कुमार बुढाथोकी, तुल्सिपुर इलाका का प्रहरी प्रमुख प्रेम बहादुर साही, मुख्य प्रशिक्षक नार्कोनन नेपालका प्रदेश न ५ का संयोजक बन्सन्त कुमार पुन, कार्यक्रममा विभिन्न बिद्यालयबाट करिब ३५० जनाको सहभागीता रहेको थियो ।

जेसिज सप्ताह कार्यक्रमका मुल संयोजक जेसि केसबराज के.सि.ले सप्ताह अन्तर्गतका कार्यक्रमको जानकारी गराएको कार्यक्रमको अध्यक्षता तुल्सिपुर नगर जेसिजका बर्ष २०१९ का अध्यक्ष जेसि मेघराज घिमिरे, प्रमुख अतिथि तुल्सिपुर उपमहानगरपालिका वडा न. ६ का वडा अध्यक्ष नबराज लामिछाने रहनुभएको कार्यक्रमको सहजीकरण महासचिव जेसि मोहन सुनारले गर्नुभएको थियो। प्रबक्ता: जेसि नारायण भट्टराई बाट जानकारी ।

प्रकाशित मिति : २०७६ जेष्ठ ६ गते सोमवार