• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सक्सेस एकाडेमीका ईको कल्ब गठन


दाङ सम्बादाता , बैशाख ७, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको सप्तरंगी इङ्लिस स्कुल (सक्सेस एकाडेमी)मा गठन गरिएको इको क्लवको अध्यक्ष लगायतका पदहरु मतदानमार्फत चयन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रदीप ओलीले जानकारी दिए । उनले विद्यार्थी किसन गिरीले ५६ मत ल्याएर क्लवको अध्यक्ष बनेको जानकारी दिए ।

अध्यक्षका लागि निर्वाचनमा गएका टेक बहादुर डाँगीले ४० मत, मनोज लामिछानेले ४९ मत प्राप्त गरेका थिए । त्यसै गरेर क्लवको उपाध्यक्षमा ७८ मत ल्याएर निरुता वली विजयी भएकी छन् । सचिवमा विजय पुन ४९ मत ल्याएर विजयी भए । क्लवको कोषाध्यक्षमा मोहन खड्का र मदन खरेलले बराबर मत प्राप्त गरेका छन् । सदस्यमा मोहन केसी, रञ्जना वली विजय भएको विद्यालयले जनाएको छ ।

विद्यार्थीको नेतृत्व विकासका लागि विद्यालयमा गठन गरिएको इको क्लवमा नेतृत्वको लागि विद्यार्थीहरुबीच प्रतिष्पर्धा पहिलेदेखि नै भइरहेको भए पनि यस वर्ष नेतृत्व छान्न मतदान गर्ने गर्नुपरेको विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले बताए । इको क्लव नेतृत्व विकास तथा सामाजिक कार्यक्रम सक्रिय हुँदै आएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार