• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

हरी डिसीले ल्याए नेपालीहरुको कथाबेथा समेटेर ‘कालीपार’ गीत (भिडियो सहित)


जेठ ७, काठमाडौं ।
लोकदोहोरी गायक हरी डिसीले नेपालीको कथाबेथा समेटिएको ‘कालीपार’ बोलको गीत सार्वजनिक गरेका छन् । गएको तिजमा ‘उधारो’ बोलको गीतबाट चर्चामा आएका हरीले यस पटक पनि पहिलेको जस्तै नेपालीको कथाबेथा समेटेर गीत बनाएका हुन् ।

बिशेषगरि मध्यपश्चिम तथा सुदुरपश्चिमका युवाहरु रोजगारको शिलशिलामा भारत जाने पर्थालाई गीत मार्फत उजागर गरिएको छ ।  रोजीरोटीका लागि श्रीमान धनकमाउन कालापार (भारत) जानेक्रममा श्रीमती संगको भाबुक सम्बादलाई गीतमा प्रस्तुत गरिएको छ ।

आफ्नै देशमा रोजगार नपाएर कालापार पस्नु पर्दाको भाबना र पिडालाई गितमा दर्साएको छ । गीतमा श्रीमानले घर खर्च चलाउन कालिपार जन्छु भनेका छन् भने श्रीमतीले मलाई छोडेर नजाउ कलिपार भनेको प्रस्तुत गरिएको छ ।

लेकाली अनलाइन सँग कुरा गर्दै गायक डिसीले यो हाम्रो गाउँ समाजमा हुने गरेको पीडादायी कालिपारे पर्था भएको बताएका छन् । जेठदेखि साउन महिनाको अबधिमा कालिपारे जानेहरुको संख्या धेरै हुने गरको छ ।

तिजमा ल्याएको ‘उधारो’ले पनि यस्तै व्यथालाई समेटिएको थियो । उक्त गीतको सफलताबाट यो गीत आएको डिसीले प्रतिकृया दिएका छन् । ‘उधारो’ गीत युटुबमा अहिलेसम्म साढे १४ लाख भ्युज गएको छ । यो गीतले पनि धेरैले माया गर्ने गायक डिसीको विश्वास छ

गीतमा डिसीको आफ्नै र सुदुरपश्चिमकी गायिका रेखा जोसीको रहेको छ । म्युजिक भिडियोमा गायक गायिका दुवैले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियो उनले आफनै अफिसियल युटुब च्यानल मार्फत सार्वजानिक गरेका छन् । गीतको सब्द दुर्गा केसीको रहेको छ भने लय संकलन गायक हरी डिसीको आफ्नै रहेको छ ।

यस्तो छ भिडियो

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार