• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

तेह्रथुमकाे मंगलबारेमा साहित्यिक चौतारी नेपाल इकाई समिति विस्तार


बैशाख ७, दाङ ।
अाज तेह्रथुम जिल्ला लालिगुराँस नगरपालिका ६ साविक सुङ्नाम ३ मंगलबारे स्थित श्री सिंहदेवी उच्च मा बि मा साहित्यिक चौतारी नेपालको इकाई समिति विस्तार भएको छ।

साहित्यिक चौतारी नेपालका अाजीवन सदस्य सुरेन्द्र ‘समीप’ बरालको पहलमा विद्यालयकी शिक्षिका सावित्रा बरालको सभापतित्वमा बसेको भेलाले विद्यालयस्तरमा गठन भएको नेपालकै पहिलो इकाई समिति विस्तारित कार्यक्रममा शिक्षिका रन्जु अधिकारी तथा तुलसा अाचार्य समेत उपस्थिति हुनुहुन्थ्यो भने कक्षा ९र १० का विद्यार्थी माझबाट समिति विस्तार गरिएको थियोे ।

शुष्मा संग्रौलाको अध्यक्षतामा बनेको ९ सदस्यीय समितिमा उपाध्यक्षमा अायुष निरौला ,सचिव बबिता खड्का ,सहसचिव मौशम जोगी, कोषाध्यक्ष शुष्मा नेपाली , तथा सदस्यहरूमा तुलसा खड्का , कविराज श्रेष्ठ , हिक्मत श्रेष्ठ र बिमला खत्री रहनु भएको छ।

विद्यार्थीमा भाषा तथा साहित्यको विकास, सामाजिक सेवाको भावना तथा खेलकुद एवम् अतिरिक्त ज्ञान र सिपको विकास गर्ने उद्देश्यबाट अभिप्रेरित चौतारी इकाई समितिले विद्यालयमा विभिन्न साहित्यिक तथा खेलकुदका कार्यक्रम गर्ने चौतारीका अाजीवन सदस्य सुरेन्द्र ‘समीप’ बरालले बताउनु भयो ।

नेपाल सरकारबाट स्वीकृति प्राप्त साहित्यिक चौतारी नेपाल भाषा तथा साहित्यको विकास एवम् सामाजिक सेवामा समर्पित छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार