दाङ सम्बादाता , बैशाख ७, दाङ । तुल्सिपुर नगरजेसिजको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत आज छैठो दिन निशुल्क मोबाइल मर्मत तथा सर्भिस कार्यक्रम सम्पन्न भएको छ। तुल्सिपुर नगर जेसिजमा आबद्ध मोबाईल व्यावसायिको प्राबिधिक सहयोगमा तुल्सिपुर स्थित जेसिजचोकमा २०१ जनाको निसुल्क मोबाईल मर्मत तथा सर्भिस गरियको छ।
मानवता को सेवा नै जिबनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै विशेषगरि आर्थिक अबस्था कमजोर भएका हरुलाइ केही सहुलियत र सहयोग पुगोस् भन्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको भन्ने कुरा प्रबक्ता जेसि नारायण भट्टराईले बताए ।
कार्यक्रम संयोजक तथा तुल्सिपुर नगर जेसिजका उपाध्यक्ष जेसि सुरज भन्डारिको स्वागत मन्तव्यबाट सुरु भएको उदघाटन कार्यक्रममा जेसिजका पुर्ब अध्यक्ष जेसि बिमल पौडेल, विशिष्ट अतिथि तुल्सिपुर मोबाईल तथा इलेक्ट्रोनिक समितीका अध्यक्ष दुर्गा प्रसाद भुसाल , प्रमुख अतिथि तुल्सिपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष राम प्रसाद चालिसेले सुभकामना व्यक्त गर्नुभएको थियो ।
तुल्सिपुर नगर जेसिज बर्ष २०१९ का अध्यक्ष जेसि मेघराज घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा जेसिज सप्ताहको बारेमा जानकारी सप्ताह मुल संयोजक जेसि केसबराज के.सि ले गर्नुभएको थियोे भने सहजीकरण महासचिव जेसि मोहन सुनारले गर्नुभएको थियो। प्रबक्ता: जेसि नारायण भट्टराई