• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सर्वाेच्चको आदेशमा रिहा भएलगत्तै नेकपाका केन्द्रीय सदस्य ‘असल’ पुन गिरफ्तार


जेठ ७, दाङ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’लाई आज सर्वाेच्च अदालतले रिहा गरे लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । दाङ प्रहरी हिरासत रहेका असललाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि मंगलवार भएको बहसपछि उनलाई रिहा गर्न अदालतले आदेश दिएको थियो ।

उनलाई फेरि प्रहरीले गिरफ्तार गरेको र अब सुनसरी लैजाने तयारी गरेको बुझिएको छ । गत बैशाख ७ गते सल्यानबाट दाङ जाँदै गरेको अवस्थामा उनि सहित सो पार्टीका अर्का केन्द्रीय सदस्य चुडामणि ओली अदर्श र रोल्पाका स्थानिय नेता लालबहादुर ओली विश्वलाई प्रहरीले राम्रीबाट पक्राउ गरेको थियो ।

सल्यान दार्मा घर भएका ‘असल’ नेकपाका प्रभावशाली युवा नेता हुन् । उनि सहिदका छोरा हुन् । शसस्त्र जनयुद्वका समयमा उनका बुबालाइ सरकार पक्षले मारेको थियो । उनि जनयुद्वकै समयदेखि माओबादीमा क्रियाशिल नेता हुन् ।

असल यसअघि पनि गिरफ्तार परेका थिए । त्यो बेला हिरासतमा यातना दिएर विभिन्न मुद्दामा हैरानी पारेको थियो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार