• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

विप्लव नेकपाका केन्द्रीय सदस्य शितल र सुर्खेत सेक्रेटरी गिरफ्तार


जेठ ७, सुर्खेत ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज बल बहादुर ओली ‘शितल’ र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई प्रहरीले सुर्खेतबाट गिरफ्तार गरेको छ ।

सुर्खेतको भेरीगंगा  नगरपालिका ५ भजेनीबाट मंगलबार बिहान ९ बजेतिर स्थानीयहरुको घरमा बसिरहेको दुवैलाई गिरफ्तार गरेको बताइएको छ । उनिहरु दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय विरेन्द्रनगर सुर्खेतमा राखिएको प्रहरी श्रोतले बताएको छ ।

नेता सितलको घर दाङ तुलसीपुर हो । उनि नेकपा दाङका पुर्व सेक्रेटरी हुन् ।

त्यस्तै जाजरकोटका नेता तथा भेरी ब्युरो इन्चार्ज हरिचन्द्र जैसी अनकुललाई पनि कुशे गाउपालिका वडा नम्बर २ टालेगाँउ घरबाटै प्रहरीे गिरफ्तार गरेको सो पार्टी श्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार