• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

काँग्रेसलाई दमन गर्ने डिएसपी र एसपीको हिसाबकिताब हाम्रो सरकार आएपछि हुन्छः पुर्वमन्त्री बस्नेत


नवीन पौडेल/ जेठ ७, सल्यान ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले प्रहरी प्रशासनले काँग्रेसका नेता कार्यकर्ताहरुलाई दमन गरिरहेको आरोप लगाएका छन् । प्रहरीले सत्ताको आडमा काँग्रेस नेता कार्यकर्तालाई दमन गरेको उनले आरोप लगाएका हुन् ।

मंगलबार सल्यान कपुरकोटमा भएको कांग्रेसको जागरण अभियान कार्यक्रममा  बोल्दै उनले आफुहरुलाई दमन गर्ने एसपी, डिएसपीको तिन पुस्ते विवरण राखेको र आफ्नो सरकार आएपछि हिसाब किताब चेतावनी दिएका छन् ।

पुर्व सूचना तथा संचार मन्त्री समेत रहेका नेता बस्नेतले भने, “डिएसपी, एसपी साप जसरी अहिले कांग्रेसका  साथीहरुलाई दुख दिदै हुनुहुन्छ, हामीले तपाईहरुको तीन पुस्ते विवरण राखेका छौ, अफ्ठ्यारोमा पर्नुहोला बिचार गर्नुहोस् । अहिले हामी सरकार बाहिर छौ, भोलि काँग्रेसको सरकार आयोभने अहिलेको हिसाब त्यतिबेला हुन्छ ।”

उनले अहिले दमन गर्ने प्रहरी प्रशासनका मान्छेलाई कांग्रेसको सरकार आएपछि  कालो सुचिमा पार्ने चेतावनी समेत दिएका छन् । उनले भने, “सत्ताको आडमा जसरी हामीलाई पुलिस प्रशासनले दुख दिन्छ भोलि उनिहरुसग त्यसको बदला लिइन्छ ।”

उनले केपि ओली सरकारले अधिनायकवाद शासन प्रणाली लागू गर्न लागेको आरोप लगाए । अहिलेका कम्युनिस्टहरु रक्सी खाएर बजारमा बौलाएका रागाजस्ता भएको उनले टिप्पनी गरे ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार