• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

विप्लव कार्यकर्तालाई पक्राउ गर्न प्रहरीले गोली हान्यो, एक जनाको मृत्यु


जेठ ८, भोजपुर ।

प्रहरीले विप्लव नेकपाका कार्यकर्तालाई गोलि चलाएपछि एक जनाको मृत्यु भएको छ । भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा विप्लवका कार्यकर्तालाई पक्राउ गर्न मंगलबार दिउँसो प्रहरीले गोली हानेर पक्रा गरेका कार्यकर्ताको राती मृत्यु भएको हो ।

मृत्यु हुनेमा षडानन्द नगरपालिका २ कुदाक काउलेका तिर्थराज घिमिरे रहेका छन् । नेकपा भोजपुरका सेक्रेटरी ज्वाला सिंहका अनुसार भोजपुरकोे टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानीबाट गिरफ्तार गरेर प्रहरीले उनीमाथि गोली हानेको थियो । गिरफ्तार गरेर हतकडी लगाएर प्रहरीले उनलाई गोली हानेर हत्या गरेको उनले बताए । उनको मध्यराति मृत्यु भएको हो ।

यता प्रहरीले भने खुट्टामा गोली लागेर गम्भिर घाइते भएपछि उपचारको लागी लिदै गर्दा बाटोमा मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले गोली लागेर गम्भिर घाइते भएका उनको स्थानिय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरान पठाउदा मृत्यु भएको बताए ।

उनलाई गोली हानेपछि दोहोरो फायरिङ भएको दाबी गरेको छ । विप्लव कार्यकर्ताको खोजिको लागी प्रदेश प्रहरीबाट समेत १५ जनाको प्रहरी थप मद्धतका लागि भोजपुर पुगेको थियो ।

भोजपुरबाट थप ३० जना सहित ४५ जनाको प्रहरीटोलीले विप्लवकार्यकर्ता खोजी गरिरहेको बताइएको छ । पछिल्लो समय प्रहरीले विप्लव कार्यकर्ताको खोजीकार्य तिव्र गरेको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार