• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

‘सल्यानी सुसेली गाउला’ भन्दै यज्ञ विकले ल्याए नयाँ लोकगीत


जेठ ८, सल्यान ।

गायक यज्ञ विकले सल्यान शब्द समेटेर लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । सल्यान लेखपोखरा घर भएका विकले यसअघि विभिन्न खालका लोकगीत बजारमा ल्याउने गर्दथे ।

यसपटक गायक विकले ‘मायाले जाँ भन्छेउ त्यहि आउला’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा ‘सल्यानी सुसेली गाउला, मायाले जाँ भन्छेउ त्यहि आउला’ शब्द बनाएका छन् ।

निकेश क्षेत्रीको शब्द सिर्जनमा रहेको गीतमा स्वर गायक यज्ञ विक र गायिका विमला सुनुवारको रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल शंङकर विसी र करिष्मा ढकालको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान र सम्पादन मिलन विकले गरेका छन् ।

यस्तो छ भिडियो

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार