• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

प्रतिनिधि सभाको बैठकमा सांसद बस्नेतले भने– ‘सल्यानमा आगजनी गर्नेलाई कारबाही गरियोस्’


जेठ ८, सल्यान ।
प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेतले सल्यानमा आगजनी गर्ने व्यक्तीलाई कारबाहीको माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको सुन्य समयमा बोल्दै सांसद बस्नेतले गत बैशाख २७ गतेदेखि जेठ ४ गतेसम्म सल्यानमा भएको भीषण आगलागी र डढेलोको दोषीलाई अनुसन्धान गरि कारबाहीको माग गरेका हुन् । उनले आगलागीमा परेर ज्यन गुमाएका र क्षेती पुगेका परिवारलाई सरकारको तर्फबाट उचित राहातको माग समेत गरेका छन् ।

त्यस्तै आगलागीमा परि मृत्यु भएका छत्रेश्वरी ६ का पेन्टी बोहरा, खेगेन्द्र बोहरा र शारदा नगरपालिका ९ दुवेरीका गोवर्धन पुनलाई उनले बैठकमा श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार